अग्निशालामा मकर संक्रान्तिका दिन निःशुल्क स्वास्थ्य शिविर

ललितपुर । ललितपुर महानगरपालिका वडा नं. १९ थबुस्थित अग्निशालामा प्रत्येक वर्ष मकर संक्रान्तिका दिन लाने मकर मेला माघ १ गते सम्पन्न भएको छ l
उक्त मेलामा उपत्यकाका विभिन्न क्षेत्रका भक्तजनले बिहान ४ बजेदेखि अग्निशालाको अग्नि दर्शन गरी घ्यू, चाकु, तरूल, पालुंगको साग सहित सिधा दान गरी मेला भरेका थिए । यसका साथै तिर्थालुहरूले उक्त मेलाको अवसरमा आफ्नो, परिवारको र आफन्तको ग्रहदशा शान्तिका निम्ति जप, होम गर्न लगाएका थिए ।
मेलाकै अवसरमा अग्निशाला व्यवस्थापन समितिको समन्वयमा गणेशमान सिंह मेमोरियल अस्पतालले नाक, कान, घाँटीका डा. अर्चना अमात्यको अगुवाईमा निःशुल्क स्वास्थ्य शिविर सहित तीर्थलहरूलाई स्वास्थ्य सेवा प्रदान गरिएको थियो । उक्त मेलालाई व्यवस्थित गर्न स्थानिय पुबोस् स्कूलका विद्यार्थीहरू, ललितपुर उपाकर्म गुठीका सदस्यहरूले स्वयंसेवा गरेका थिए ।
उक्त मेलाको अवसरमा अग्निशाला व्यवस्थापन समितिले १ दिन अघि अग्निशाला क्षेत्रको सरसफाई कार्यक्रम आयोजना गरेको थियो भने मेलाको भोलिपल्ट पनि सरसफाई कार्यक्रम सञ्चालन गरिने जानकारी मेला व्यवस्थापन उपसमितिका संयोजक मिलन राजोपाध्यायले दिनुभयो। यसका साथै उक्त समितिले हाल अग्निशालाको अग्नि कुण्डहरू र अग्निहोत्री आवास भवनको जीर्णोद्धार गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 13 =