अब जुनै बैंक मा पैसा जम्मा गरेपनि आफ्नो खातामा पुग्ने..

काठमाडौं अब ढुक्क हुनुहोस तपाइको नजिकको जुनसुकै बैंक मा जम्मा गरेपनि तपाईको खाता रहेको बैंक मा पैसा जम्मा हुने भएको

नेपाल राष्ट्र बैंकले जुनसुकै बैंक तथा वित्तीय संस्थाबाट पैसा जम्मा गर्न पाउने व्यवस्था ल्याउन लागेको राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले जानकारी दिनु भएकोछ

अब राती १२ बजे पनि भुक्तानी गर्न सकिने व्यवस्थामा राष्ट्र बैंक लागेको उनले जानकारी दिए विद्युतीय भुक्तानी प्रणालीलाई प्रभावकारी रुपमा लागु गर्न विद्युतीय भुक्तानी व्यवस्थाको ऐनको मस्र्यौदा तयार पारी सञ्चालक समितिमा पेश भएको उनले जानकारी दिए राष्ट्र बैंक सञ्चालक समितिले पारित गरेपछि अर्थ मन्त्रालयमा पेश हुने अर्थबाट स्वीकृति भएपछि कानूनी रुप दिन व्यवस्थापिका संसदमा पेश हुने सिवाकोटीले जानकारी दिए

शुक्रबार राजधानीमा आयोजना गरेको वित्तीय प्रविधि सम्बन्धि अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै  सिवाकोटीले बिजुली, खानेपानी, टेलिफोन, खाद्यनलगायत बस्तु खरिदको भुक्तानी अब घर कार्यलयबाट हुने व्यवस्था मिलाउनल लागेको समेत बताए

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 10 =