ओम डेभलपमेन्ट बैंकले करिब ४ करोड नाफा घटायो..कसरि घट्न पुग्यो ? जान्नुहोस..

काठमाडौँ । चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा ओम डेभलपमेन्ट बैङ्कले रू. १५ करोड ३ लाख खुद मुनाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिभन्दा २०.९८% कम हो । बैङ्कको सञ्चालन मुनाफा र खुद ब्याज आम्दानी घटेपछि खुद नाफा घट्न पुगेको हो । बैङ्कले सो अवधिमा रू. १७ अर्ब ५८ करोड निक्षेप संकलन गरी रू. १५ अर्ब ७७ करोड कर्जा प्रवाह गरेको छ । बैङ्कको सिडी रेशियो ७६.४७% रहेको छ । समिक्षा अवधिमा बैङ्कको चुक्ता पूँजी रू. २ अर्ब १३ करोड रहेको छ भने जगेडा कोष रू. ९१ करोड ५५ लाख रहेको छ । बैङ्कको खुद ब्याज आम्दानी ८.५% घटेको छ भने सञ्चालन मुनाफा २१.३४% घटेको छ । त्यसैगरी, बैङ्कले सो अवधिमा रू. १७ अर्ब ५८ करोड निक्षेप संकलन गरी रू. १५ अर्ब ७७ करोड कर्जा प्रवाह गरेको छ । बैङ्कको सिडी रेशियो ७६.४७% रहेको छ । बैंकको निष्क्रिय कर्जा १.१७ प्रतिशत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 20 =