कप्तान विराट कोहलीलाई १७ करोड भारतीय रुपैयाँ

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताका लागि भारतीय कप्तान विराट कोहलीलाई रोयल च्यालेन्जर्स बेङ्गलोर (आरसीबी) ले सर्वाधिक रकममा अनुबन्ध गरेको छ। आरसीबीले नयाँ सिजनका लागि अक्सन सुरु हुनुपूर्व नै १७ करोड भारतीय रुपैयाँमा अनुबन्ध गरेको हो। त्यस्तै आरसीबीले ब्याट्सम्यान सर्फराज खानलाई पनि अनुबन्ध गरेको छ

अन्य टोलीहरूले पनि खेलाडीलाई अनुबन्ध गरेका छन्।
विकेट किपर ब्याट्सम्यान महेन्द्रसिंह धोनीलाई १५ करोडमा अनुबन्ध गरेको छ। पछिल्लो केही सिजन निलम्बनमा रहेको चेन्नाईले यो सिजनबाट पुनः आईपीएल खेल्दै छ। चेन्नाईले आफ्ना पूर्वखेलाडी सुरेश रैनालाई ११ करोड तथा रभिन्द्र जडेजालाई सात करोडमा अनुबन्ध गरेको छ।

मुम्बई इन्डियन्सले भने रोहित शर्मालाई १५ करोड, हार्दिक पान्ड्यालाई ११ करोड र जसप्रित बुम्राहलाई सात करोडमा अनुबन्ध गरेको छ। आरसीबीले कोहली र सर्फराजसहित दक्षिण अफ्रिकी क्रिकेटर एबी डी भिल्लियर्सलाई ११ करोडमा अनुबन्ध गरेको छ। कलकत्ता नाइट राइडर्सले वेस्ट इन्डियन स्पिनर सुनील नराइनलाई आठ करोड ५० लाख तथा एन्द्रे रसेललाई सात करोडमा अनुबन्ध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 13 =