चिसाेले कठ्याङ्ग्रिएर ज्यान गयो

 

प्रदेश नम्बर २ अन्तर्गत सर्लाही जिल्लामा चिसोले एक जनाको ज्यान गएको खबर छ । ईश्वरपुर नगरपालिका वडा नं. – ८ का ४५ वर्षीय बृक्षु माझी पासवानको चिसाेले कठ्याङ्ग्रिएर ज्यान गएको हो । केही दिनदेखि निरन्तर रुपमा चिसो शितलहर त्यस्तै चिसो हावाले तराइको जनजीबन अत्यन्तै कष्टकर बन्दै गएको छ । चिसोले न्यानो कपडा र ओढ्ने ओछ्याउने नभएका विपन्न, सुकुम्बासी, दलित र मजदुर परिवारको जीवन अत्यन्तै कष्टकर बन्न पुगेकोको छ । उनीहरु चिसो छल्न रातदिन आगो तापेर बस्ने गरेका छन् । यसले गर्दा बजार आसपास सुनसान जस्तै भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =