छक्का पञ्जा सन्देशमूलक व्यवसायिक चलचित्र

 

 

लामो समय देखि नेपाली कला क्षेत्रमा समर्पित दिपा श्री निरौलाद्धारा निर्देशित छक्का पञ्जा सफल व्यावसायिक चलचित्र बन्न पुगेको छ । नेपाली कलाको क्षेत्रमा पूर्णरुपमा समर्पित हुनु अत्यन्त सकसको पार्टी हो अझ त्यसमा पनि महिलाको लागि त झनै कठिन छ यस्तो अवस्थामा पनि एउटा महिलाद्धारा निर्देशित चलचित्र छक्का पञ्जा सफल चलचित्र बन्न पुगेको । साहित्यकार, कलाकार, राष्ट्रका गहना हुन भनिन्छ र यस्ता गहनालाई जगेर्ना र प्रोत्साहन गर्नु हामी सबैको दायित्व हो ।

यो चलचित्रको सबै भन्दा ससक्त पक्ष भनेको यसले उठान गरेको विषय वैदेशिक रोजगारीले निम्त्याएको सामाजिक रोग हो । नेपालमा बढ्ढो वैदेशिक रोजगारीले जनजीवनको आर्थिक स्तर उक्ले पनि त्यसले निम्त्याएको पारिवारिक विघटन पनि अत्यन्त डरलाग्दो पक्ष हो । चलचित्रका मुख्य पात्र दिपक राजको अभिनय जीवन्त देखिन्छ । उनको पात्र अनुसार र परिवेश अनुसारको भाषा स्वभाविक देखिन्छ त्यसैगरी चलचित्रका अन्य कलाकारहरु शिवहरी, जीतु नेपाल वर्षा राउत आदिको अभिनय पनि ससक्त छ ।

अभिनयमा जस्तै सुन्दरता र जीवन्तताको दृष्यको छायाङ्कनमा पनि रहेको छ । सरल ढङ्गबाट प्रकाश, कोण, गीत, गहिराइ र मनोविज्ञानलाई व्यवहारिक समायोजन गर्न सक्नु छायांकर र निर्देशक वीच राम्रो उपज मान्न सकिन्छ । छायांकनले चलचित्रलाई यर्थाथको नजिक लाने भरपुर कोसिस गरेको छ र यस प्रयत्नलाई दृष्यहरुको रङ छनोटले पनि पूर्ण मदत गरेको छ ।

नेपाली समाजमा चरम रुपमा रहेको बेरोजगारी र गरिवीको कारणले वैदेशिक रोजगारी विषयमा बनेको चलचित्र हँुदा यो प्रस्तुती श्रवण योग्य र दर्शन योग्य बनेको छ । दर्शकका लागि यो चलचित्र अवलोकन गर्दा मन र मस्तीकले आत्मानुभुति गर्दछ । अर्थात चलचित्रमा प्रस्तुत भएको गीत, संगीत, पाश्र्वगीत तथा संवादको उत्कृष्ट संयोजन भएको छ । यस कामका लागि चलचित्रका संगीतकार तथा नृत्यकारलाई विशेष बधाइ प्रशंसा दिनुपर्छ । नेपाली चलचित्र उद्योगमा यो एक सफल व्यावसायिक चलचित्रमा दर्ज हुनेछ ।

एउटा चलचित्र सफल हुन सबैको उत्तिकै भूमिका तथा देन हुन्छ । चलचित्रमा दर्शकले प्रत्यक्ष अनुभव गर्न पर्दा अगाडिको कलाकारको जति महत्व छ त्यतिकै महत्व पर्दा पछाडिको कलाकारहरुको पनि भूमिका हुन्छ । कथा, पटकथा, संवाद, नृत्य संयोजन, छायाङ्कन र समग्र चलचित्रको सम्पादन अत्यन्त महत्वपूर्ण पक्ष हो । हास्य ग्लामर र नेपाली मौलिक कथा बस्तुको प्रयोग गरीएको अन्य चल्तीका चलचित्र झै हिन्दी कथा बस्तुको प्रयोग नगरी बनाइएको यो चलचित्र नेपालीपन र नेपालीत्वको राम्रो प्रयोग छ ।

चलचित्रमा भौतिक द्वन्दको खासै भूमिका वा महत्व नभएपनि मानसिक द्वन्दको प्रचुरता पाइन्छ । विशेष गरी राजाको भूमिकामा देखिएका दिपकको चरित्र अवश्य पनि हाम्रो नेपाली समाजले ग्रहण गर्न नसक्ने व्यवहार हो । विश्वास मै संसार अडेको छ जव विश्वासमाथि घात हुन्छ तब कुनै मानिसले त्यसप्रति प्रतिघात गर्नु मानविय स्वभाव नै हो । तर जे होस यस चलचित्रमा आफूले गरेको घातको अनुभव गराइनु सकारात्मक संदेश हो ।

चलचित्रलाई सफल र व्यावसायिक बनाउन चलचित्रमा प्रयोग गरिएको कथावस्तु झिनो भएपनि समय सापेक्ष आजको आम नेपालीको समस्या बढ्ढो विदेशी मोह रहर होइन विवशता वाध्यता हो । नेपाली समाज विश्वास, आशा र भरोसाले अडेको छ जब त्यो आशा र भरोसा कुन्ठीत हुन्छ अर्थात चलचित्रका राजा जस्ता पात्रले कसरी समाजमा आफ्नो अनुकुल नारी संवेदना र भावनामा खेल्न पुग्छन् भन्ने कुरालाई पनि चलचित्रमा देखाइएको छ । इच्छा, आकांक्षा, चाहना, मानविय चाहना हुनु अझ त्यसमा पनि भरर्खर विवाहित नारीको यौन चाहनाले पारेको समस्यालाई संवेदनशीलता देखाउन नसक्नु वा चाहेर पनि परिवार र घर प्रतिको कर्तव्यको कारणले केही गर्न नसक्नु जस्ता समस्या सामाजिक समस्या बन्न पुगेको जोडदार प्रसंग यस चलचित्रमा रहेको छ ।

(समाप्त)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 15 =