जनता बैंकको नाफा, कर्जा लगानी र निक्षेप सबै बढ्यो..

जनता बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा करिब रू. २७ करोड खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको नाफा १६ करोड १३ लाख रुपैयाँ थियो । बैंकले आइतबार सार्वजनिक गरेको दोस्रो त्रैमाशिक वित्तीय विवरणमा नाफा, कर्जा लगानी र निक्षेप परिचालन बढेको देखाएको छ । बैंकको निष्क्रिय कर्जा बढेर २.६५ %(प्रतिशत) पुगेको छ । यस्तै बैंकको सीडी रेसियो ७८.१४, बैंकको प्रतिसेयर आम्दानी ६.७९ रुपैयाँ रहेको छ ।
दोस्रो त्रैमासिक सम्ममा बैङ्कको चुक्ता पूँजी रू. ८ अर्ब कटाएको छ । जगेडा कोषमा भने करिब रू. १ अर्ब करोड रहेको छ । त्यसैगरी बैङ्कले सो अवधिमा निक्षेप रू.५२ अर्ब ८० करोड रुपैयाँ संकलन गरेकोछ भने कर्जा लगानी ४८ अर्ब ६९ करोड रुपैयाँ कर्जा बिस्तार गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − fourteen =