दाङको घोराहिमा कुखुरालाई खसी बनाइयो..

दाङको घोराहिमा कुखुरालाई खसी बनाइयो । के तपाईलाई अचम्म लाग्यो ?
दाङमा कुखुराको भालेको अण्डकोष निकाल्नेलाई खसी बनाएको भन्ने चलन रहेको स्थानिय कृषक हर्कबहादुर चौधरिले भन्नुभयो ।
खसी बनाएको भालेको तौल अरु भालेको तुलनामा बढी हुने, बिक्री गर्दा राम्रो आम्दानी पाइने र यसले किसानको मिहिनेतलाई खेर जान दिएको छैन,
अझ यो कुखुरा पालन ब्यबसाय फस्टाएको स्थानिय चौधरीको भनाई छ ।
यसले गर्दा स्थानीयको आर्थिक स्तर अलि उकासिएको र काम गर्न हौसला मिलेको उनले बताए । राम्रो मुल्य प्राप्त गर्न कुखुराको बन्ध्याकरण गरेको चौधरिले बताए । अहिले स्थानिय कृषकले यो प्रबिधि अपनाएको उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =