नेपाल राष्ट्र बैंकले अब १ सय र हजार रुपैयाँ दरका सिक्का निकाल्ने..

काठमाडौँ । नेपाल राष्ट्र बैंकले त्रिचन्द्र क्याम्पस स्थापना भएको सय वर्ष पुगेको अवसरमा १ सय र हजार रुपैयाँ दरका सिक्का निकाल्ने भएको छ ।

त्रिचन्द्र क्याम्पस स्थापना भएको सय वर्ष पुगेको अवसरमा राष्ट्र बैंकले १ सय र १ हजार दरका ३/३ हजार सिक्का बजारमा ल्याउने भएको हो । यो व्यावसायिक प्रयोजनका लागि नरहेको तर संग्रह गर्न चाहनेले लिन सक्ने राष्ट्र बैंकले जनाएको छ ।

त्रिचन्द्र क्याम्पसको आग्रहमा सिक्का निकाल्ने निर्णय गरिएको राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले जानकारी दिए । एक सय रुपैयाँको सिक्का क्याप्रिनिकलको तथा एक हजार दरको सिक्का चाँदीको रहनेछ । सिक्का अबको १ महिनाभित्र आउने पण्डितले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + six =