पपुवा न्यूगिनीमा ज्वालामुखी अकस्मात विस्फोट

पपुवा न्युगिनी । पपुवा न्यूगिनीमा आइतबार एक ज्वालामुखी अकस्मात विस्फोट हुन थालेपछि वरपरका वासिन्दालाई त्यहाँबाट हटाएर सुरक्षितस्थलतर्फ लगिएको बताइएको छ । करिब एक सातादेखि धुँवा र खरानी बाहिर निस्कन थालेको थियो । तर आइतबार विस्फोट नै भएको छ ।
वैज्ञानिकहरूले यहाँको ज्वालामुखीबाट ठूलो परिमाणमा अतिनै विषाक्त सल्फर डाइअक्साइड निस्केको बताए पछि स्थानीयलाई सतर्कता अपनाउन नया स्थान तिर स्थानान्तरण गरिएको छ ।
लामो समयसम्म शान्त रहेको भनिए पनि आइतबार अकस्मात बिस्फोटन हुन थाले पछि स्थानीय त्रसित भएका छन् हालसम्म विभिन्न टापूहरुबाट करिब २० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।
अहिले पनि ज्वालामुखी विस्फोट हुने क्रम तीव्र भएको छ । यहाँ रहेका बासिन्दालाई अन्यत्र अझै पनि सारिदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 − two =