विश्वास जम्मा गर्ने प्रभु बैंकको नाफा अत्यधिक घट्यो..

प्रभु बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा करिब ६३ करोड खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको नाफा १ अर्ब ११ करोड रुपैयाँ थियो । गत आवको तुलनामा चालु आवमा बैंकले झण्डै ४७ करोड रुपैयाँ नाफा घटाएको छ ।

बैंकले सोमबार सार्वजनिक गरेको दोस्रो त्रैमाशिक वित्तीय विवरणमा ब्याज आम्दानी को तुलनामा ब्याज खर्च अत्यधिक भएको देखाएको छ ।
बैंकले ब्याज आम्दानी करिब रु ३ अर्ब ८१ कमाए पनि ब्याज खर्च भने करिब रु.२ अर्ब ६० करोड भएको देखाएको छ ।

बैंकको निष्क्रिय कर्जा ४.१२ % (प्रतिशत) रहेको छ । यस्तै बैंकको सीडी रेसियो ७५.२४ रुपैयाँ रहेको छ ।
दोस्रो त्रैमासिक सम्ममा बैङ्कको चुक्ता पूँजी रू. ६ अर्ब ५३ करोड रहेको छ । जगेडा कोषमा भने करिब रू.३ अर्ब १० करोड रहेको छ । त्यसैगरी बैङ्कले सो अवधिमा निक्षेप करिब रू. ८६ अर्ब रुपैयाँ संकलन गरेकोछ भने कर्जा लगानी करिब ७१ अर्ब रुपैयाँ कर्जा बिस्तार गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − one =