श्री भोला गणेश सहकारी संस्थाको आठौं वार्षिक साधारण सभा सम्पन्न

श्री भोला गणेश बचत तथा ऋण सहकारी संस्था लि. को आठौं वार्षिक साधारण सभाका प्रमुख अतिथी ललितपुर बहुउद्देश्यीय सहकारी संघ लि. को अध्यक्ष श्री सरद कुमार महर्जनको आतिथ्यमा सम्पन्न भएको छ ।
सो सभामा स्थापनाकालदेखि नै निरन्तर सेवा गरि आएका उत्कृष्ट कर्मचारी एवम् संस्थाका लेखा अधिकृत श्री रबिन श्रेष्ठलाई रु. ५००० नगद पुरस्कार स्वरुप कदरपत्र प्रदान गरिएको थियो । सहकारीको आ.ब ०७३/०७४ मा शेयर पुजी ४०,०१,२४०/- ( अक्षरुपी रु. चालिस लाख एक हजार दुइ सय चालिस रुपैया), निक्षेप तर्फ २,७६,६८,५९७/३९ ( दुई करोड छायातर लाख अठसठी हजार पाँच सय सन्तानब्बे रुपैया पैसा उनन्चालिसा मात्र ) रहेको छ ।
सो अबसरमा संस्थाका अध्यक्ष श्री कृष्ण बहादुर श्रेष्ठ बाट संस्था लाई विभिन्न तबरले सहयोग गर्नुहुने सम्पुर्ण ब्यक्ति तथा संस्थालाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − 2 =