सरकारविरुद्ध आन्दोलन भैरहदा केपी ओलीको आयो यस्तो बोली..

नियमित स्वास्थ्य परीक्षण गराई बैंककबाट स्वदेश फर्केपछि अध्यक्ष ओलीले सरकारले तोकेको प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुखका सम्बन्धमा नयाँ सरकार बनेपछि पुनर्विचार हुनसक्ने बताएका छन् ।
कहाँ अस्थायी राजधानी, प्रदेशको राजधानी तय गर्ने भन्ने विषयमा प्रदेशसभाले आवश्यकता र सम्भावना हेरी निर्णय गर्ने भएकाले सरकारविरुद्ध आन्दोलित हुन आवश्यक नभएको बताए ।
उनले प्रदेश प्रमुखहरुका सम्बन्धमा नयाँ सरकारले थप बुझेर यथावत् राख्ने वा हेरफेर गर्ने भन्नेबारेमा आवश्यक निर्णय लिने प्रष्ट पारे ।

निर्वाचनबाट ताजा जनादेश आइसकेको अवस्थामा नयाँ सरकार गठनमा भएको ढिलाइ लोकतन्त्र र संविधान अनुकूल नभएको उनले दोहोराए । उनले माओवादी केन्द्रसँगको एकता प्रक्रिया तीव्रताका साथ अगाडि बढ्ने जनाउँदै यस सम्बन्धमा कुनै भ्रम र अन्योल नरहेको दाबी समेत गरे । छिट्टै पार्टी एकता हुने उनले दोहोराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 4 =