सिनियर खेलाडी सागर पुन र विनोद भण्डारी खेल्न नपाउने..

इपिएलमा उत्कृष्ट ब्याटिङ गरेका रोहितकुमार पौडेल भने प्रारम्भिक चरणमा परेका छन्

आइसिसी विश्व क्रिकेट लिग डिभिजन का लागि बिहीबार घोषणा भएको प्रारम्भिक राष्ट्रिय क्रिकेट टोलीमा  एभरेस्ट प्रिमियर लिगमा खराब प्रदर्शन गरेका कारण द्वय प्रारम्भिक चरणमा प्रबेस गर्न नसकेका हुन्

प्रशिक्षक जगत टमाटा, आइसिसीका प्रतिनिधि अनिनुल कप्तान पारस खड्का सम्मलित छनोट समितिले एक महिनापछि नेपालले नामिबियामा प्रतिस्पर्धा गर्नको लागि प्रारम्भिक चरणको लागि २१ खेलाडीको नाम सार्वजनिक गरेको हो   पहिलो चरणमा युवा खेलाडीले स्थान पाएका छन् रसिद खान किशोर महतोले पहिलोपटक स्थान बनाएका छन् प्रशिक्षक टमाटाले शुक्रबारदेखि नै प्रशिक्षण थाल्नेछन् १५ दिनको प्रशिक्षणपछि राष्ट्रिय टोली घोषणा हुनेछ त्यसपछि नेपालले अन्तिम तयारीका रूपमा दक्षिण अफ्रिकाको भ्रमण गर्नेछ जहाँ नेपालले तीन अभ्यास खेल खेल्नेछ

खेलाडीहरु को नामावली : पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल (उपकप्तान), अनिलकुमार शाह, वसन्त रेग्मी, दिलीप नाथ, दीपेन्द्रसिंह ऐरी, दिपेश श्रेष्ठ, करण केसी, किशोर महतो, ललितसिंह भण्डारी, ललितनारायण राजवंशी, मोहमद आरिफ शेख, रोहितकुमार पौडेल, रसिद खान, सन्दीप लामिछाने, शक्ति गौचन, सिद्धान्त लोहनी, सोमपाल कामी, सुनील धमला, सुसन भारी रहेका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =