इन्धनको मूल्य फेरी बढ्यो..कुनमा कति थाहा पाउनुहोस..

काठमाडौँ । गत माघ ३ गते मात्र इन्धनमा मूल्यवृद्धि गरेको नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । निगमले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको भन्दै बिहिबार बसेको संचालक समितिको बैठकले बिहिबार राति १२ बजे देखि लागु हुने गरि पेट्रोल, डिजेल र मटि्टतेलमा मूल्यवृद्धि गरेको हो । निगमका अनुसार पेट्रोलमा १ रुपैयाँ, डिजेल र मटितेलमा २/२ रुपैयाँ मूल्यवृद्धि गरेको हो । त्यसै गरि हवाई इन्धनको मूल्य भने ५ रुपैयाले बढाएको निगमले जनाएको छ ।
नयाँ मूल्यअनुसार पेट्रोल एक लिटरलाई १०४ रुपैयाँ पर्नेछ । डिजेलको ८३ रुपैया त्यस्तै मट्टतिेलको एक लिटरको पनि मूल्य ८३ रुपैयाँ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =