उन्नतिको आईपिओ बाँडफाँड, १५ हजार १५ जनालार्इ गोलाप्रथाबाट १० कित्ता, तपाईलाई नि पर्यो कि ?

उन्नति माइक्रोफाइनान्स (UMBSL) को साधारण सेयर (IPO) आवेदक संख्या अत्याधिक भएपछि गोलाप्रथा बाट बाँडफाँड भएको छ । माइक्रोफाइनान्सको साधारण सेयर पुस २१ गतेदेखि २५ गतेसम्म खुला भएको थियो । सिद्धार्थ क्यापिटलबाट जानकारी अनुसार लघुवित्तको साधारण शेयर शुक्रबार बिहान बाँडफाँड भएको छ ।
साधारण सेयर माग गरेका कुल दुई लाख ४६ हजार ८९४ जनामध्ये दुई हजार ४६७ आवेदन रद्ध भएको छ ।
बाँडफाँड प्रकृयामा दुई लाख ४४ हजार ४२७ जनालाई सहभागि गराइएको थियो । यी मध्ये १५ हजार १५ जना सर्वसाधारणलार्इ गोलाप्रथाबाट १० कित्ताका दरले एक लाख ५० हजार १५० कित्ता सेयर बाँडफाँड गरिएको छ। लघुवित्तको सेयरमा ५२.३८ गुणा बढी रकमको आवेदन परेको थियो ।
आवेदकमध्ये दुई लाख २९ हजार ४१२ जनाले सेयर प्राप्त गर्न सकेनन् ।
कुल एक लाख ६५ हजार कित्ता सेयरमध्ये चार प्रतिशत अर्थात ६६०० कित्ता सेयर कर्मचारी र पाँच प्रतिशत अर्थात ८२५० कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको छ ।
१० जिल्लाका २७ शाखा कार्यालय मार्फत सेवा प्रदान गर्दै आइरहेको माइक्रोफाइनान्सको तीन करोड ८५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ भने आइपीओपछि चुक्तापुँजी ५ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − nine =