एशियन लाइफ इन्स्योरेन्सको हकप्रद बिक्री खुला, कहाँ बाट भर्न मिल्छ ?

एशियन लाईफ़ इन्सुरेन्सले आफ्नो शेयर धनीलाई मिति २०७४/११/१३ गते आइतबार देखि हकप्रद शेयर निस्कासन बिक्री खुला गरेको छ । इन्सुरेन्सले प्रति साधारण शेयर रु. १०० अंकित दरको ४०,२७,९६६.२० कित्ता हकप्रद साधारण शेयर निस्कासन गर्न लागेको हो ।
२ कित्ता शेयर हुनेलाई १ कित्ताको अनुपातमा हकप्रद शेयर दिन सकिने इन्सुरेन्सले जनाएको छ ।
हकप्रद साधारण शेयर मिति २०७४/१०/२ गतेसम्म नेपाल स्टक एक्सचेन्ज लि मा कारोबार भई कायम शेयर धनीहरुले हकप्रद शेयर भर्न पाउने छन् ।
हकप्रद शेयर निस्कासनको लागि इन्सुरेन्सले एनआइबिएल क्यपिटलाई धितोपत्र निस्कासन तथा बिक्री प्रबन्धक मा नियुक्त गरेको थियो ।
हकप्रद शेयर खरिदका लागि एनआइबिएल क्यपिटला लि, लाजिम्पाट, काठमाडौँ तथा शाखा कार्यालयहरु लगनखेल, ललितपुर, र चिप्लेढुंगा, पोखरा त्यस्तै एशियन लाइफ इन्सुरेन्सका शाखा कार्यालयहरु बाट भर्न सकिने कम्पनीले जनाएको छ ।
त्यस्तै आस्वा सदस्य बैंक तथा बित्तिय संस्थाहरु र तिनका शाखाहरु, त्यस्तै घरमै बसीबसी सिआस्बा मार्फत हकप्रद शेयर आबेद दिन सकिने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − seven =