काठमाडौंका सार्वजनिक स्थानमा अबदेखि खैनी–चुरोट खान नपाइने

काठमाडौं । काठमाडौंका सार्वजनिक स्थानमा अबदेखि खैनी–चुरोट खान नपाइने भएको छ ।
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सन् २०१८ को अन्त्यसम्ममा महानगरपालिकाकालाई धुम्रपान तथा सूर्तिजन्य पदार्थमुक्त शहर बनाउने बताए ।

‘काठमाडौंका सार्वजनिक स्थानमा धुम्रपान तथा सूर्तिजन्य पदार्थ सेवन गर्न पाइने छैन, सो कार्यका लागि महानगरपालिका सम्बन्धित नियकायसँग छलफल भइरहेको छ,’ शुक्रबार महानगरपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा शाक्यले भने ।

स्वास्थ्य मन्त्रालयले यसअघि नै १८ बर्ष उमेर नपुगेका व्यक्ति र गर्भवती महिलालाई सूर्तिजन्य पदार्थ विक्री वितरण गर्न वा गर्न रोक लगाउने नीति कार्यान्वयनमा ल्याइसकेको छ । बालबालिका र गर्भवतीले भेटिएमा १० हजार रुपैयाँसम्म जरिवाना गर्न सकिने महानगरपालिकाले जानकारी दिएको छ ।
धुम्रपान तथा सूर्तिजन्य पदार्थको सेवनले जनस्वास्थ्यमा प्रतिकुल असर पर्ने भएकाले सरकारले २०४९ देखि सार्वजिनक स्थानमा धुम्रमान निषेध गरेको थियो । तर, सरकारको यो नीति कार्यान्यवयनमा आउन नसक्दा अहिलेसम्म पनि सार्वजानिक स्थलहरुमा सूर्तीजन्य पदार्थको सेवन नियन्त्रण गर्न सकिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + eleven =