घरमै बसेर सिआस्बा मार्फत शेयर आवेदन दिने तरिका, mero share खाता चलाउने पुर्ण तरिका (भिडियो सहित)

सिआस्बा प्रणाली  मार्फत शेयर आबेदन दिनको लागि  तपाइले डिम्याट खाता खोलेको ठाउबाट लागिन लिनुपर्छ, अनि त्यसपछि आफ्नो सम्बन्धित बैंकमा गएर  सुरुमा C-ASBA सेवा लिनको लागि आबेदन दिनुपर्ने हुन्छ ।

त्यसपछि बैंकले एउटा भेरिफिकेसन कोड  (CRN Number) दिन्छ ।

लगानी कर्ताले meroshare.cdsc.com.np  मा  लगइन  गरेर आफ्नो कोड प्रायोग  गरी  My ASBA  भन्ने सेक्सनमा गएर आफुले चाहेको कम्पनीको शेयरमा लगानी गर्न सक्नेछ ।

सफ़्ट्वयरले  शेयर खुलेको कम्पनीको नाम दिन्छ ।  लगानीकर्ताले आफुले चाहेको कम्पनीको शेयर मा आबेदन दिन सक्छ । सफ़्ट्वयरले लगानीकर्ताको सम्पूर्ण विवरण राख्ने भएको हुनाले एक जनाले एकपटकमा एक भन्दा बढी आबेदन दिन पाउने छैन । आबेदन दिन खोजेमा तुरुन्त खारेज गरिदिन्छ ।

यो सेवा लिएपछि घरमै बसेर बिना झन्झट शेयरमा लगानी गर्न सकिनेछ ।

तर ख्याल गर्नु होला आवेदन दिन मिल्ने रकम आफ्नो भेरिफिकेसन कोड  (CRN Number) लिएको  बैंक खातामा हुनुपर्नेछ ।

तल दिएको भिडियो हेरेर C-ASBA मार्फत आइपियो, एफपियो, हकप्रद, ऋणपत्रमा
घरमै बसेर आवेदन दिन सक्नु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 8 =