डा. युवराज खतिवडा अर्थमन्त्री बनेका दिननै शेयर बजार दोहोरो अंकले घट्यो

डा. युवराज खतिवडा अर्थमन्त्री बनेका दिन शेयर बजार आज दोहोरो अंकले घट्न पुगेको छ । पूर्वगर्भनर तथा योजना आयोगका उपाध्यक्ष समेत रहेका खतिवडालाई राष्ट्रियसभा सदस्य समेत मनोनित गरिएको छ ।
तर, सर्वोच्चले अन्तरिम आदेशमार्फत सपथ रोकेपनि मन्त्री बन्न उनलाई रोकेन ।

खतिवडा गभर्नर हुँदा बैंक तथा वित्तीय संस्थाप्रति, त्यस्तै घर जग्गा ब्यापार प्रति कडा रुपमा प्रस्तुत भएको छबिका कारण पनि शेयर बजारका लगानीकर्ताहरुमा मनोवैज्ञानिक प्रभाव देखिएको लगानीकर्ताहरु बताउँछन् ।
सोमबार नेप्से १५.७८ अंकले घटेर १३५८.९५ विन्दुमा झरेको छ । यसदिन १५१ कम्पनीको ५५ करोड २४ लाख २० हजार २ सय ७० रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।
यस दिन सबैभन्दा बढी नेपाल लाइफ इन्सुरेन्स कम्पनीको शेयर १० करोड ५६ लाख ८६ हजार ७ सय ५३ रुपैयाँको शेयर कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + six =