नामिबियाले नेपालसामु १३९ रनको लक्ष्य प्रस्तुत

नामिबिया । आइसिसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गतको खेलमा नामिबियाले नेपालसामु १३९ रनको लक्ष्य प्रस्तुत गरेको छ।
३४ ओभरमा सबै विकेट गुमाउँदै नामिबियाले १३७ रन बनाएको थियो । नामिबियाले टस हारेर पहिले ब्याटिङ गरेको थियो । नामिबियाका लागि सीजी विलियम्सले सर्वाधिक ४१ रन बनाए। भ्याण्डेर र फ्रेलिकले समान २२ रन जोडेका थिए ।
घरेलु मैदानमा भएको हुनाले नामिबियालाई जित सहज हुने अनुमान गरिएको छ ।
बलिङतर्फ नेपालका सन्दिप लामिछानेले सर्वाधिक ४ विकेट लिएका थिए। सोमपाल कामीले ३, शरद भेष्वाकर, पारस खड्का, बसन्त रेग्मीले समान १–१ विकेट लिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =