प्राइम लाईफ इन्सुरेन्सको ३२.५ % बोनस, हकप्रद भर्नेले समेत पाउने

प्राइम लाईफ इन्सुरेन्स कम्पनि लि को मिति २०७४/१०/२४ गते बसेको संचालक समितिको बैठकले आफ्नो शेयर धनीलाई २०७३/०७४ सालको संचित मुनाफाबाट २०७४ साल असार मसान्त सम्मको चुक्ता पुजी रु ६१ करोड २ लाखको ३२.५ % का दरले बोनस शेयर दिने भएको छ । साथै सो बोनस शेयरमा लाग्ने कर प्रयोजनको लागि आबस्यक रकम नगत लाभाग्स प्रस्ताब गरेको छ ।
उक्त बोनस शेयर बिमा समितिकोको स्वीकृति एबं साधारण सभाको स्वीकृति पश्चात लगानीकर्ताले पाउने भएको छ ।
साथै सोहि बैठकले मिति २०७४/५/२७ मा सम्पन्न सातौ, आठौ, नवौ र दशौ वार्षिक साधारण सभा बाट पारित भएको १६० % हकप्रद शेयरले समेत बोनस शेयर पाउने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =