प्राइम लाईफ इन्सुरेन्स कम्पनि लि. को १६०% हकप्रदको मिति तय

प्राइम लाईफ इन्सुरेन्स कम्पनि लि. ले आफ्नो शेयर धनीलाई मिति २०७४/११/२७ गते देखि हकप्रद शेयर निस्कासन गर्ने मिति तय गरेको छ । इन्सुरेन्सले प्रति साधारण शेयर रु. १०० अंकित दरको ९७,६३,२०० कित्ता हकप्रद साधारण शेयर निस्कासन गर्न लागेको हो । हकप्रद निस्काशन बन्द हुने मिति भने २०७५/०१/०२ गते रहेको छ ।
१ कित्ता शेयर हुनेलाई १.६ कित्ताको अनुपातमा हकप्रद शेयर दिन सकिने इन्सुरेन्सले जनाएको छ ।
हकप्रद साधारण शेयर मिति २०७४/११/१७ गते भन्दा अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेन्ज लि मा कारोबार भई कायम शेयर धनीहरुले हकप्रद शेयर भर्न पाउनेछ ।
हकप्रद शेयर निस्कासनको लागि इन्सुरेन्सले सिद्धार्थ क्यपिटलाई धितोपत्र निस्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
हकप्रद शेयर खरिदका लागि प्राइम लाईफ इन्सुरेन्स कम्पनि लि. का सम्पूर्ण कार्यालयहरु, सिद्धार्थ क्यपिटल, नारायणचौर नक्साल, काठमाडौँ तथा आस्वा सदस्य बैंक तथा बित्तिय संस्थाहरु र तिनका शाखाहरु, त्यस्तै घरमै बसीबसी सिआस्बा मार्फत हकप्रद शेयर आबेद दिन सकिने इन्सुरेन्सले जनाएको छ ।

साथै इन्सुरेन्सको मिति २०७४/१०/२४ गते बसेको संचालक समितिको बैठकले आफ्नो शेयर धनीलाई २०७३/०७४ सालको संचित मुनाफाबाट २०७४ साल असार मसान्त सम्मको चुक्ता पुजी रु ६१ करोड २ लाखको ३२.५ % का दरले बोनस शेयर दिने भएको छ ।
उक्त बोनस शेयर बिमा समितिकोको स्वीकृति एबं साधारण सभाको स्वीकृति पश्चात लगानीकर्ताले पाउने भएको छ ।
साथै सोहि बैठकले मिति २०७४/५/२७ मा सम्पन्न सातौ, आठौ, नवौ र दशौ वार्षिक साधारण सभा बाट पारित भएको १६० % हकप्रद शेयरले समेत बोनस शेयर पाउने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − seven =