बुटवल पावरको एफपीओमा संस्थागत लगानीकर्ताको प्रवेश गर्ने बाटो यसरी खुलेको हो

बुटवल पावर कम्पनीको एफपीओमा माग गरेको अनुसारको आवेदन नपरेपछि आज शुक्रबारदेखि संस्थागत लगानीकर्ताले पनि खरीदका लागि आवेदन दिन पाउने भएका छन् । उक्त एफपीओमा हालसम्म ६३ प्रतिशतको हाराहारीमा आवेदन परेको छ ।
कुनै पनि कम्पनीको आइपीओ वा एफपीओ व्यक्तिगत लगानीकर्ताले नकिनेमा संस्थागत लगानीकर्ता बिक्री गर्न पाइने व्यवस्था धितोपत्र बोर्डले जारी गरेको सार्वजनिक निश्कासन सम्बन्धी निर्देशिकामा रहेको छ। यही नियम अनुसार बुटवल पावर कम्पनीको एफपीओमा आज शुक्रबार देखि कार्यान्वयनमा ल्याउन लागिएको हो ।
कम्पनीले प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यमा ४०१ रुपैयाँ प्रिमियम थप गरि प्रतिकित्ता ५०१ रुपैयाँको दरले कुल २ अर्ब ४ करोड रुपैयाँ बराबरको एफपीओ निस्कासन गर्न लागेको हो ।
कम्पनीको एफपीओमा छिटोमा माघ १९ गते त्यस्तै माग भन्दा कम आबेदन आयो भने ढिलोमा फाल्गुन १५ गते सम्म आबेदन दिन सकिने समय तोकिएको थियो।
बुटवल पावर कम्पनीले एफपीओबाट संकलित रकम ३७.६ मेगावाटको काबेली ए हाइड्रोपावर प्रोजेक्ट तथा ३० मेगावाटका ङादी हाइड्रोपावर प्रोजेक्ट निर्माणमा लगानी गर्ने भएको छ । बुटवल पावरले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ७ करोड २२ लाख खूद नाफा आर्जन गरेको थियो । एफपीओ बिक्रीपछि बुटवल पावर कम्पनी कम्पनीको चुक्तापूँजी २ अर्ब २१ करोड पुग्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 12 =