बुढीगण्डकी आयोजना अघि बढाउन ९४ अर्ब रुपैयाँ सरकारले दिने, आयोजनाको काम छिटो अघि बढ्ने

उपप्रधानमन्त्री कमल थापाले बुढीगण्डकी आयोजना अघि बढाउन ९४ अर्ब रुपैयाँ उपलब्ध गराउनका लागि मन्त्रिपरिषदमा प्रस्ताव लैजाने जानकारी दिएका छन् । आयोजनालाई अपुग रकम जुटाउन सरकारको तर्फबाट काम सुरु गर्ने उनले बताए ।
योजना अघि बढाउनको लागि प्रधानमन्त्रीको अध्यक्षतामा अन्तर मन्त्रालय समन्वय समितिको बैठक बोलाउने उनले जानकारी दिए ।
नेपाल बिधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दिएको प्रतिवेदन मन्त्रिपरिषदले अनुमोदन गरेपछि मात्र आयोजनाको काम अघि बढ्ने बताएपछि ऊर्जामन्त्री थापाले अपुग रकम र समितिको प्रतिवेदन मन्त्रिपरिषदबाट तत्काल पारित गराउने प्रतिवद्धता जनाएका थिए।
परामर्शदाता फ्रान्सको ट्रक्याक्टवेल इन्जिनियरिङले गरेको संभाव्यता अध्ययनअनुसार आयोजना निर्माण गर्न गर्नको लागि करिब २ खर्ब ५९ अर्ब ३० करोड रुपैयाँ लाग्ने देखाएको थियो ।
समितिले सरकारले वार्षिक रुपमा बजेट विनियोजन र पेट्रोलियम करबाट गरी १ खर्ब ६० अर्ब रुपैयाँसम्म जुटाउन सक्ने देखाएको छ । यस्तै विद्युत प्राधिकरणले २० अर्ब, नागरिक लगानी कोषले ३० देखि ४० अर्ब, संचय कोषले ३० देखि ५० अर्ब, नेपाल टेलिकमले १५ देखि २० अर्ब, राष्ट्रिय बीमा संस्थानले १० देखि २० अर्ब, चिमिले जलविद्युत, सर्वसाधरण र माथिल्लो तामाकोसीबाट आयोजनालाई पुग्ने रकम अनुमानित संकलन गर्न सकिने देखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + four =