लगानीकर्ताहरुले अब डिम्याट खाता नभए पनि सेयर बेच्न पाउने

नेपाल धितोपत्र बोर्डले लगानीकर्ताहरुले अब डिम्याट खाता नभए पनि सेयर बेच्न पाउने व्यवस्था ल्याउने तयारी गरेको छ। बोर्डले सातामा एक दिन डिम्याट खाता नहुने लगानीकर्ताको पनि सेयर बेच्न पाउने ब्यबस्था ल्याउन लागेको हो ।
अब दोस्रो बजारमा शेयर बेच्ने लगानीकर्ताले कागजी सेयर बेच्न पाउनेछन्, तर खरिद गर्नको लागि भने डिम्याट खाता अनिवार्य चाहिने नै भएको छ ।

साधारण सेयर (आइपिओ) भरेका लगानीकर्तालाई डिम्याट खाता खोलेर सेयर बेच्न झन्झटिलो भएको हुदा, डिम्याट खाता अनिवार्य हुदा लगानीकर्ताले धितोपत्र बोर्डले सम्पत्ति बन्धक बनायो भन्ने गुनासो गर्दै आएका थिए।

डिम्याट खाताबिना सेयर भर्न नपाउने व्यवस्था आएको दुई वर्ष पूरा भइसक्दा पनि अझै ३८ दशमलब १९ प्रतिशत सेयर डिम्याट प्रणालीमा लैजान बाँकी छ। कम्पनी अनुसार हेर्दा १ अर्ब ६९ करोड सेयरमध्ये एक अर्ब ५ करोड कित्ता सेयर मात्रै हालसम्म डिम्याट प्रणालीमा गएका छन्।

यसरी अझै ठूलो मात्रामा सेयर डिम्याटमा नराख्नेमा सरकारी स्वामित्व अन्तर्गतका सेयरको हिस्सा बढी छ। नेपाल सरकारको नाममा हालसम्म कुनै डिम्याट सेयर खाता छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + four =