शेयर बजार दोहोरो अंकले घट्यो, बुटवल पावरको शेयर मूल्य कति ?

काठमाडौं । साताको दोस्रो दिन शेयर बजार १०.४६ अंकले घट्न पुगेको छ । बजार खुले देखि अलि अलि बढ्न सुरु गरेको आधा घण्टा पनि टिक्न सकेन र अन्त्यमा रातो नै भएर बन्द भयो बजार ।

बैंकहरुमा लगानीयोग्य रकमको अभाव बढ्दै गरेका बित्तिय बिबरण सार्वजनिक हुँदै गर्दा सूचक अनि कारोबार रकम मा पनि सुधार आउन सकेको छैन ।
त्यस्तै सरकारले पुजीगत खर्च बढाउन नसक्दा बजार घट्न पुगेको विश्लेषकहरु बताउछन ।

सोमबार जम्मा ३० करोड ७८ लाख ३५ हजार ४ सय ५४ रुपैंयाको कारोबार भएको छ । सोमबार कारोबारमा आएका कम्पनिहरु मध्ये सबै भन्दा बढी सानिमा माई हाइड्रो पावरको शेयर किन बेच भएको छ । यस दिन यस कम्पनीको रु. ३ करोड ३९ लाख रुपैया बराबरको शेयर किनबेच भएको छ ।

यस दिन सबैभन्दा धेरै नया नेपाल लघुवित्त विकास बैंकको शेयर धनीले कमाएका छन् । तयस्तै बढी गुमाउनेमा गुहेश्वोरी
फ़ाइनान्स, तिनाउ विकास बैंक, एभरेस्ट इन्सुरेन्स रहेको छ ।
बुटवल पावरको शेयर मूल्य भने यस दिन २२ रुपैयाले घटेर ५५८ मा आइपुगेको छ
मार्केटमा बुटवल पावरको एफपीओ को बारेमा अनेकथरी टिकाटिप्णीले गर्दा शेयर मूल्य दिनदिनै घट्दो क्रममा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =