सिटिजन्स म्युचुअल फन्ड १ इकाईको निस्कासन तथा बिक्री खुल्ला अबधि थप

सिटिजन्स म्युचुअल फन्ड अन्तर्गत संचालन हुने सिटिजन्स म्युचुअल फन्ड १ इकाईको निस्कासन तथा बिक्री खुल्ला अबधि थप गरिएको छ ।
लगानीकर्ताले ढिलोमा भने माघ १७ गतेसम्म आवेदन दिन सक्नेछ । कम्पनीले यसअघि यस फन्डले छिटोमा माघ ७ गते आवेदन बन्द हुन सक्ने जनाएको थियो । तर आवस्यक भन्दा कम आबेदन परेपछि म्याद थप गरिएको हो । यस फन्डले माघ २ गतेदेखि १० रुपैयाँ दरको १० करोड इकाई बिक्री खुला गरेको हो । कुल इकाईमध्ये १५% इकाई कोष प्रवद्र्धक सिटिजन्स बैंकलाई राखेर न्यूनतम ८ करोड ५० लाख इकाई सर्वसाधारण लगानीकर्ताको लागि बिक्री खुला गरिएको हो । प्रतिइकाई १० रुपैयाँ दरको यस फन्डमा न्यूनतम १०० इकाईदेखि अधिकतम २० लाख इकाईका लागि आवेदन दिन सकिने व्यवस्था छ ।
लगानीकर्ताले आस्वा सेवा संचालनको अनुमति पाएका सबै बैंक तथा बित्तीय संस्था र तिनका शाखा कार्यालयहरु बाट आवेदन दिन सक्नेछन् । त्यस्तै घरमै बसीबसी सिआस्बा मार्फत शेयर आबेद दिन सकिने सी बि आई एल क्यापिटल लिमीटेडले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 7 =