सिद्धार्थ बैंकको १० % हकप्रद शेयर खुल्ला, कहाँ कहाँ बाट भर्न पाउछ हेर्नुहोस..

सिद्धार्थ बैंकले आफ्नो शेयर धनीलाई आज मिति २०७४/११/०२ गते देखि हकप्रद शेयर निस्कासन खुल्ला गरेको छ । बैंकले प्रति साधारण शेयर रु. १०० अंकित दरको ६८,२६,११७.१९ कित्ता हकप्रद साधारण शेयर निस्कासन गर्न लागेको हो ।
१० कित्ता शेयर हुनेलाई १ कित्ताको अनुपातमा हकप्रद शेयर दिन सकिने बैंकले जनाएको छ ।
हकप्रद साधारण शेयर मिति २०७४/१०/२२ गते भन्दा अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेन्ज लि मा कारोबार भई कायम शेयर धनीहरुले हकप्रद शेयर भर्ना पाउने छ ।
हकप्रद शेयर निस्कासनको लागि बैंकले लक्ष्मी क्यपिटलाई धितोपत्र निस्कासन तथा बिक्री प्रबन्धक मा नियुक्त गरेको थियो ।
उक्त बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ७७ करोड २८ लाख खुद मुनाफा गरेको छ भने प्रतिसेयर आम्दानी २२ रुपैयाँ ६४ पैसा रहेको छ ।
हकप्रद शेयर खरिदका लागि श्री सिद्धार्थ बैंक लि का सम्पूर्ण कार्यालयहरु, लक्ष्मी क्यपिट मार्केट लि, तथा आस्वा सदस्य बैंक तथा बित्तिय संस्थाहरु र तिनका शाखाहरु, त्यस्तै घरमै बसीबसी सिआस्बा मार्फत हकप्रद शेयर आबेद दिन सकिने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 8 =