अर्थमन्त्रीको अभिव्यक्तिले मात्र घटेको हैन शेयर बजार, बास्तविक कुरा यस्तो छ

साताको दोश्रो दिन सोमबार पनि शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । यस दिन नेप्से १६.६९ अंकले घट्न पुगेको छ । बजारमा तरलता अभाबले पनि बजार बढ्न नसकेको नेप्से लाई अर्थमन्त्रीको अभिव्यक्तिले झनै सहयोग पुर्याएको विश्लेषकहरु बताउछन । हकप्रद, बोनस र एफपिओ मार्फत सेयर बजारमा बढेको आपूर्तिले गर्दा पनि शेयर बजारलाई घटाउन सहयोग पुगेको छ ।
डा. युबराज खतिवडा पहिलोपल्ट अर्थमन्त्री भएपछी घरजग्गा, सेयर बजारमा लगानी बढ्न जादा अहिले को तरलता समस्या निम्तिएको बताएका थिए। यो संगै सामाजिक संजालमा उनको ब्यापक आलोचना एबं समर्थन भएको छ ।
त्यसो त उनले भन्न खोजेको कुरा लगानीकर्ताले आफ्नै बुझाई अनुसार तोड मोड पारेको देखियो ।
कोहि लगानीकर्ताले अर्थमन्त्री प्रति आक्रोस पोखेका छन् भने कोहिले लगानी दिगो अनि सुरक्षित को लागि अर्थमन्त्रीको कुरा प्रति समर्थन प्रकट गरेका छन् ।
केपी ओली प्रधानमन्त्री हुदा बढेको बजार पछिल्लो समय दोहोरो अंकले घट्न पुगेको छ । त्यसो त पछिल्लो समय बैंक हरुले ब्याज दर बढेको सुचना निकाल्दा यसले बजारलाई पनि घट्नमा सहयोग पुगेको बिश्लेसक बताउछन ।
डा. युबराज खतिवडा पहिलोपल्ट अर्थमन्त्री भएपछी घरजग्गा, सेयर बजारमा लगानी बढ्न जादा अहिले को तरलता समस्या निम्तिएको बताएका थिए। यो संगै सामाजिक संजालमा उनको ब्यापक आलोचना एबं समर्थन भएको छ ।

कारोबार सुरु भएको पहिलो आधा घण्टासम्म दोहोरो अंकले बढेको बजार त्यसपछि को समयमा सम्हालिन नसकेर नेप्से १६.६९ अंकले घटेर १२८७.७४ विन्दुमा झरेको छ । अर्थमन्त्रीको अभिव्यक्ति पछि खुलेको पछिल्ला दुई दिनको अवधिमा सेयर बजारका लगानीकर्ताले करिब ६७ अर्ब बराबरको नोक्सानी व्योहोरेका छन् ।

यसदिन १५३ कम्पनीको ३९ करोड ५२ लाख १७ हजार ४ सय ३५ रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।
यस दिन सबैभन्दा बढी नेपाल लाइफ इन्सुरेन्स कम्पनीको शेयर २ करोड ३६ लाख ७३ हजार ४ सय ४९ रुपैयाँको शेयर कारोबार भएको छ ।
यस दिन सबै भन्दा बढी सुर्योदय लघुवित्त को शेयरधनीले १० प्रतिशतले कमाएको छ भने हिमालय डिस्टिलरिका शेयरधनीले १० प्रतिशतले गुमाएका छन् ।
त्यस्तै मिति २०७४/१२/०८ गते देखि हकप्रद शेयर निस्कासन खुल्ला गर्ने भएको मन्जुश्री फ़ाइनान्स का शेयर धनीले ७.७४ प्रतिशतले गुमाएका छन् ।
एफपिओको मूल्य भन्दा पनि तल झरेपछि बुटवल पावर कम्पनीको एफपिओको शेयर भर्ने सबै घाटामा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 8 =