अर्थमन्त्री खतिवडाले पुँजी बजारको विकासका लागि के भने ? हेर्नुहोस..

अर्थमन्त्री डा युवराज खतिवडाले संस्थागत लगानीकर्ता भित्र्याउन सके मात्र पुँजी बजारको विकासका हुने बताएका छन् । त्यस्तै वित्तीय अनुशासन र मापदण्डहरु कडाईका साथ लागु गर्ने र साधारण खर्च नियन्त्रण गर्न सरकारले मितव्ययि नीति सार्वजनिक गर्ने अर्थमन्त्रीले प्रस्ट पार्नु भयो।

आर्थिंक दायित्व पर्ने कुनै पनि बिषयमा अर्थ मन्त्रालयको पूर्व सहमति लिएर मात्र खर्च गर्न पाइने व्यवस्था गरेको छ । यसैगरी समग्र वित्तीय नीति मार्फत मुद्रा तथा पूँजीबजारको स्थायित्वमा जोड दिने बताएको छ ।
अर्थमन्त्री डा युवराज खतिवडाले पुँजी बजारको विकासका लागि संस्थागत लगानीकर्ता भित्र्याउन आवश्यक रहेको बताएका छन्। अर्थतन्त्रको दायरा बढाउन पुँजी बजार सशक्त माध्यम भए पनि धितोपत्र बजारमा मात्र सीमित भएको उनले बताए।

डा खतिवडाले संस्थागत लगानीकर्ताको न्यूनता, बढ्दो ब्याजदर र वित्तीय बजारमा तरलताको अभावका कारण सेयर बजार नकारात्मक बनेको बताए। ‘पुँजी बजारमा सेयर आपूर्तिमा वृद्धि भएकाले त्यसको प्रभाव नकारात्मक भएको , सरकारले जारी गरेको श्वेतपत्र मार्फत उनले भने ।
साथै सरकारले राजश्व परिचालनलाई थप प्रभावकारी बनाउन करको दायरा विस्तारु चुहावट नियन्त्रण, विलिङमा सूचना प्रविधिको प्रयोग, कर कानुनको पालना र कर प्रशासनलाई प्रभावकारी बनाइने घोषणा गरेको छ ।
देशको वर्तमान आर्थिक अवस्था समेटिएको श्वेतपत्र आज सरकारले जारी गरेको छ। अर्थमन्त्री डा युवराज खतिवडाले संसद्‌मा श्वेतपत्र प्रस्तुत गरेका हुन्। शुक्रबार संसदबाट श्वेतपत्र जारी गर्दै उनले संस्थागत लगानीकर्ताको न्यूनता र वित्त बजारमा तरलताको अभावसँगै बढ्दो ब्याजदर र सेयर निष्काशन/आपूर्तिको वृद्धिले सेयर मूल्य प्रभावित भएको बताएका छन्।

पुँजी बजार कारोबारमा पारदर्शिताको कमी तथा लगानीकर्ताहरू यथार्थ लगानीकर्तामा सेयर लगानी सम्बन्धी ज्ञानको कमी, खासगरी सेयर मूल्य मापन गर्ने नेप्से सूचकांकमा उच्चदरको उतारचढाव आउने गरेको श्वेतपत्रमा भनिएको छ।

सरकारले जारी गरेको श्वेतपत्र मार्फत प्रदेश र स्थानीय तहलाई संविधान बमोजिम राजश्व परिचालन र कार्यान्वयन क्षमता विकासका काम तत्काल थाल्ने उल्लेख गरेको छ । उच्च आर्थिक वृद्धिका लागि लगानी र त्यसको उत्पादकत्व वृद्धि गर्न सरकारले सबै प्रकारको पूँजी परिचालन गर्न नीतिगत सुधार गर्ने सरकारले जारी गरेको श्वेतपत्र मार्फत घोषणा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − one =