उन्नति माइक्रोफाइनान्स (UMB)ले हकप्रद शेयर निस्कासन गर्ने, कति जान्नुहोस..

उन्नति माइक्रोफाइनान्स (UMB) को मिति २०७४/११/२९ गते बसेको संचालक समितिको बैठकले आफ्नो शेयर धनीलाई हाल कायम चुक्ता पुजी ५ करोड ५० लाखको को ४ बराबर १ को अनुपातमा हकप्रद शेयर दिने भएको छ। उक्त हकप्रद शेयर साधारण सभा बाट पारित एबं धितोपत्र बोर्ड बाट स्वीकृति पश्चात लगानीकर्ताले भर्न पाउने छन्।
उन्नति माइक्रोफाइनान्स (UMB) को साधारण सेयर केहि दिन अघि मात्र नेपाल स्टक एक्सचेन्जमा कारोबार खुल्ला भएको हो । माइक्रोफाइनान्सको साधारण सेयर आइपीओ लाई नेप्सेले १ सय ६८ दशमलव ५९ रुपैयाँदेखि ५ सय ६ रुपैयाँसम्मको सुरुवात कारोबार गर्न पाउने रेन्ज दिएको भए पनि कारोबार भने हुन सकेको छैन ।
माइक्रोफाइनान्सको साधारण शेयरमा १५ हजार १५ जना सर्वसाधारणलार्इ गोलाप्रथाबाट १० कित्ताका दरले एक लाख ५० हजार १५० कित्ता सेयर बाँडफाँड गरिएको थियो । माइक्रोफाइनान्सको सेयरमा ५२.३८ गुणा बढी रकमको आवेदन परेको थियो ।
कुल एक लाख ६५ हजार कित्ता सेयरमध्ये चार प्रतिशत अर्थात ६६०० कित्ता सेयर कर्मचारी र पाँच प्रतिशत अर्थात ८२५० कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको थियो ।
१० जिल्लाका २७ शाखा कार्यालय मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + seventeen =