एनआईसी एशिया बैंकले अधिकतम ब्याज दिने योजना स्थगित गर्ने

काठमाडौं । एनआईसी एशिया बैंकले विहिवारदेखि लागु हुने गरि १० प्रतिशत ब्याज दिने समुन्नती प्लस बचत खाता र १२ प्रतिशत ब्याज दिने एक वर्षे धनवर्षा मुद्दती खाता बन्द हुने जनाएको छ। बैंकले गत फागुन ११ गतेदेखि सञ्चालनमा ल्याएको उक्त दुई योजनाहरु आगामी चैत २ गतेदेखि बन्द गर्न लागेको हो ।

बैंकद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘छोटो समयमा नै आमजनतामा बैंक को योजना अत्यन्त लोकप्रियता हासिल गरेको थियो। तर विगत केहि दिनयता नेपाल बैंकर्स संघ र यस बैंकबीच ब्याजदर सम्बन्धी विविध विषयमा देखिएको असमझदारीले समग्र अर्थतन्त्रको सर्वाङ्गिण हित हुने गरी हल गरेर जानुपर्छ भनेर हामीले यो योजना विहिवारदेखि बन्द गरेका छौं ।’
त्यस्तै, हालै सृजितअसहज परिस्थितीले गर्दा उपरोक्तउल्लेखितदुवै योजनाहरुलाई ग्राहकमहानुभावहरुको प्रचुर लोकप्रियताको बाबजुदपूर्वनिर्धारित योजना बमोजिम निरन्तरता दिन असमर्थ भएकोमा सो बाट आमग्राहक महानुभावहरुमा पर्न गएको असुविधाकालागी बैंक क्षमाप्रार्थी छ । बैंकद्धारा जारी विज्ञप्तिमा भनिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 5 =