काठमाडौं उपत्यकालगायत मुलुकका विभिन्न भागमा लोडसेडिङ (विद्युत् कटौती) सुरु

नेपाल विद्युत् प्राधिकरणले पछिल्ला केही दिनयता काठमाडौं उपत्यकालगायत मुलुकका विभिन्न भागमा अघोषित रूपमा लोडसेडिङ (विद्युत् कटौती) गर्न सुरु गरेको छ ।

प्राधिकरणले भने अहिले काठमाडौं उपत्यकालगायत मुलुकभर घोषित/अघोषित कुनै पनि प्रकारको लोडसेडिङ नगरिएको जनाएको छ । उसले अहिलेको अवस्थामा नै लोडसेडिङ गर्नु नपर्ने दाबी गरेको छ । नदीमा पानीको बहाव घटेसँगै माग र आपूर्तिबीचको सन्तुलन कायम गर्न नसक्दा प्राधिकरणलाई अप्ठ्यारो परेको हो ।

औद्योगिक ग्राहकलाई केही घण्टाको लोडसेडिङबाहेक अन्य ग्राहकलाई पूर्ण रूपमा विद्युत् आपूर्ति भइरहेको जानकारी दिँदै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रणालीमा आउने प्राविधिक गडबडीले केहीबेर झ्याप्प विद्युत् जाँदैमा उपभोक्ताले त्यसलाई लोडसेडिङ भन्ने गरेको बताए ।

सुक्खायामसँगै सुरु भएको हावाहुरीले विद्युत् प्रसारण तथा वितरण प्रणाली ट्रिपिङ हुँदा विद्युत् आपूर्तिमा समस्या हुने गरेको प्राधिकरणले जनाएको छ । ‘विगतमा पनि यस्तो ट्रिपिङ भएता पनि त्यतिबेला लोडसेडिङ हुँदा उपभोक्ताले विद्युत् आपूर्तिमा समस्या आएको थाहा नै पाउँदैनथे,’ घिसिङले भने, ‘प्राधिकरणले त्यस्ता प्राविधिक समस्या समाधान गर्न मुलुकभर नै कर्मचारीको टिमलाई २४सै घण्टा तयारी अवस्थामा राखेको छ ।’

सडक तथा खानेपानी पाइप विस्तारका कारण हाम्रा भूमिगत केवलमा क्षति पुग्ने, केही स्थानमा पोल तथा टान्सर्फमर सार्नुपर्र्नेलगायतका प्राविधिक कारणले त्यस आसपासका क्षेत्रमा केही समय विद्युत् कटौती भएको हुन सक्ने उनले बताए । ‘यस्ता समस्या तत्काल समाधान गरी विद्युत् आपूर्ति नियमित गर्न मन्त्रीबाट समेत निर्देशन भइसकेको छ,’ उनले भने, ‘सोहीअनुसार काम गरिरहेका छांै ।’

प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले विद्युत् आपूर्तिलाई विश्वसनीय र भरपर्दो बनाउन कन्डक्टर फेर्ने, ट्रिपिङको समस्या समाधान गर्न विद्युत्को मागलाई ध्यान दिएर फिडर तथा ट्रान्सफर्मरको क्षमता बढाउने कामलाई उच्च प्राथमिकतामा राखी सोहीअनुसार काम भइरहेको बताए । ‘ओभरलोड भएका सब–स्टेसन मर्मत गर्दा विद्युत् आपूर्ति कटौती गर्नुपरेको हुन सक्छ,’ उनले भने, ‘मर्मत सम्भारमा लाग्ने समयलाई घटाएर जतिसक्दो छिटो विद्युत् आपूर्ति नियमित गर्न प्राधिकरण क्रियाशील छ ।’

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले केही दिनअघि विद्युत् आपूर्तिमा अहिले भइरहेको प्राविधिक समस्यालाई छिटो र छरितो रूपमा समाधान गरी विद्युत् आपूर्ति नियमित गर्न प्राधिकरणलाई निर्देशन दिएका थिए ।

हाल विद्युत् उच्च मागको समयमा प्राधिकरणले आÏना जलविद्युत् आयोजनाहरूबाट ३३६ मेगावाट, निजी क्षेत्रबाट १४५ मेगावाट र भारतबाट ४२८ मेगावाट गरी कुल ९०९ मेगावाट विद्युत् आपूर्ति गरिरहेको छ । प्राधिकरणका अनुसार हाल विद्युत्को उच्चतम् माग १ हजार १९८ मेगावाट छ ।

उपलब्ध विद्युत्बाट माग आपूर्तिबीचको सन्तुलन कायम हुन नसकेपछि प्राधिकरणले घोषित रूपमा औद्योगिक ग्राहकको हकमा उच्चतम् विद्युत् माग हुने समयमा मात्र करिब तीन घण्टा विद्युत् कटौती गरेको छ ।

विद्युत् आपूर्तिलाई विश्वसनीय र भरपर्दो बनाउन कन्डक्टर फेर्ने, ट्रिपिºको समस्या समाधान गर्न विद्युत्को मागलाई ध्यान दिएर फिडर तथा ट्रान्सफर्मरको क्षमता बढाउने कामलाई उच्च प्राथमिकता
माग बढी हुने साँझ र बिहान विद्युत् खपत बढी गर्ने हिटर, वासिङ मेसिन, आइरन, पानी तान्ने पम्पलगायतका विद्युतीय उपकरण प्रयोग नगरिदिन प्राधिकरणले आग्रह गरेको छ ।

मुलुकको करिब ६५ प्रतिशत भूभागमा मात्रै विद्युत्् सेवा पुगेको छ । केन्द्रीय प्रसारण लाइन नपुगेका धेरैजसो जिल्ला र पुगेका जिल्लामा पनि सबै स्थानमा विद्युत् सेवा सहज रूपमा उपलब्ध हुन सकेको छैन ।

सरकारले विद्युत् सेवा पाउने अधिकार आमनागरिकको भएको जनाए पनि साधन र स्रोतको अभावमा सबै नेपालीले त्यस प्रकारको सेवा पाउन सकेका छैनन् । विद्युत् सेवा पुगेका स्थानमा समेत प्राविधिक समस्या तथा अन्य कमजोरीका कारण ग्राहकले नियमित रूपमा विद्युत् पाउन सकेका छैनन् ।

सामुदायिक विद्युतीकरण कार्यक्रमबाट समुदायले सो पहलमा विद्युत्् सेवा दिने प्रयास गरेको भए पनि लगानी र व्यवस्थापनका कारण सोचेजति प्रगति हुन सकेको छैन । प्राधिकरणले विद्युत्् सेवा नपुगेका सबै जिल्ला र बस्तीमा योजनाबद्ध रूपमा कार्यक्रम लैजान सकेको छैन ।

कर्णाली र सेती अञ्चलका पहाडी जिल्लाका सदरमुकाममा अझैसम्म पनि केन्द्रीय प्रसारण लाइन पुग्न सकेको छैन । करिब ३५ प्रतिशत जनता अझै पनि २४सै घण्टा विद्युत््भार कटौतीको मारमा छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =