कालिका पावरको ६ लाख कित्ता साधारण सेयर बाडफाड, ४ जना बाहेक सबैलाई शेयर

कम्पनीको शेयर मा ५ हजार ८ सय ४९ जनाले आवेदन दिएको मा ४ जना आवेदन को भने फर्म रद्द भएको छ ।
६ लाख कित्ताको शेयर आवहान गरेको मा कुल १३.५२ लाख कित्ताको लागि शेयर आवेदन परेको बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटल ले जानकारी दिएको छ ।
५ हजार ८ सय ४५ जना लगानीकर्ता सबैले शेयर प्राप्त गरेका छन् ।
साथै सेयर बाडफाड मा नपरेको रकम आवेदनको सोझै बैंक खातामा मिति २०७४/१२/१३ गते देखि मिति २०७४/१२/२९ सम्म रकमान्तर गर्ने कम्पनीले जनाएको छ ।

यो पनि पढ्नुहोस
कालिका पावर कम्पनीले गोरखा जिल्लाका स्थानीय बासिन्दालाई (आयोजना प्रभावित) माघ २१ गते आइतबार देखि साधारण सेयर (IPO) बिक्री खुल्ला गरेको शेयर बाडफाड भएको छ ।
कम्पनीले एक सय रुपैयाँ अंकित दरको ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता साधारण सेयर निष्काशन गरेकोे हो ।
उक्त शेयर छिटोमा आगामी फागुन ६ गतेसम्म आवेदन गर्न पाइनेछ । त्यसअवधि भित्र सबै सेयर बिक्री नभएमा भने फागुन २१ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार गोरखा जिल्लाको तत्कालीन मुच्चोक गाविस, सौरपानी, ताकुमाझ लाकुरीबोट, मसेल, श्रीनाथकोट, ताप्ले, नारेश्वर र गोरखा नगरपालिका वडा नं ४, ५ र १३, अजिरकोट गाँउपालिका वडा नं ४, ५ र ६, भीमसेन गाउपालिका वडा नं १, सीरानचोक गाँउपालिका वडा नं ७ र गोरखा नगरपालिका वडा नं २, ३, ४, ५, ६ र ७ का बासिन्दाका लागि ४० प्रतिशत (२ लाख ४० हजार कित्ता) शेयर छुट्याइएको छ ।
गोरखा जिल्लाका अन्य बासिन्दाका लागि भने ६०%, (३ लाख ६० हजार कित्ता) शेयर छुट्याइएको छ । उक्त साधारण शेयरमा एक हजार रुपैयाँदेखि अधिकत्तम ३ लाख सम्मको आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
कहाबाट आवेदन दिने ?
लगानीकर्ताले कालिका पावर कम्पनी आयोजना स्थल चनौटे गोरखा, साँग्रिला डेभलपमेन्ट बैंकको गोरखा शाखा, आरुघाट शाखा, घ्याम्पेसाल शाखा, छेवेटार शाखा, पालुङटार शाखा बाट सेयर भर्न सक्नेछन् । कम्पनीको आयोजना स्थल र साँग्रिला डेभलपमेन्ट बैंकको गोरखा जिल्लाका शाखाहरुबाट मात्र सेयर भर्न मिल्नेछ ।
कालिका पावरले गोरखा जिल्लामा ६ मेगावाटको दरौंदी ‘ए’ साना जलविद्युत आयोजना सञ्चालन गरेको छ ।
साधारण शेयर जारी गर्न कम्पनीले बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल र काठमाडौं क्यापिटल मार्केट लाई नियुक्त गरेको छ ।
आयोजना प्रभावित बासीन्दालाई साधारण सेयर जारी पश्चात दोस्रो चरणमा सर्वसधारण र कर्मचारीलाई शेयर जारि गर्ने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =