नर्सिङ छोडेर पुरुषको कपाल, दाह्री काट्दै निरु

३ वर्षअघि बैंकक बसेर हेयर डिजाइनिङको प्रशिक्षण लिएकी कुँबरले सोमबार करिब १० लाख लगानीमा नख्खुमा ब्युटी क्लव सुरु गरेकी छन् ।
‘हेल्थ एण्ड ब्युटी’ मुख्य नाराको रुपमा दिएको ब्युटी क्लव सुरु गरेकी निरुले १६ बर्ष अघि देखिनै पुरुषको कमाल काट्दै आएकी बताइन् ।
२००१ देखि बैंकक बाट सौन्दर्य सम्बन्धि काम गर्दै आउनु भएको निरु कुँबर सौन्दर्य बिज्ञ हुनुहुन्छ । उनि केटाको सौन्दर्य (कपाल, दाह्री काट्ने) सम्बन्धि नेपालकै पहिलो महिला सौन्दर्य बिज्ञ हुनुहुन्छ । कुनै पनि सिप सानो ठुलो हुदैन भन्ने उहाले महिला एबं पुरुषलाई यस सम्बन्धि तालिम पनि दिदै आउनु भएको छ ।
उहाँको मुख्य उद्देश्य भनेकै नेपालमै युवा जनशक्तिलाई सौन्दर्य सम्बन्धि तालिम दिई जनशक्तिलाई नेपालमै प्रयोग गरेर रोजगार प्रबर्दन गर्न सकिन्छ भन्ने रहेको छ । यसको अतिरिक्त बुल्स क्लब मा विभिन्न फिटनेस सम्बन्धि तालिम दिनुका साथसाथै स्पा, ब्युटीपार्लर र स्मिङ सबैले एउटै छानामुनी भेटाउँन सकिने उनि बताउँछिन् ।
ब्युटी क्लव ले लाजिम्पाट र नक्खु बाट सेवा दिदै आइरहेको छ ।
उनले नेपालीको स्वास्थलाई ध्यानमा राखेर सलुन खोलेको र पुरुषको कपाल काट्ने महिलाका रूपमा पहिचान स्थापित गर्न खोजेको उनले स्पष्ट पारिन । यहाँ आउनु भएमा हामी चिकित्सकीय सेवासमेत दिन्छौँ,” उनी आफ्ना सेवाको चर्चा गर्छिन् ।
ओम हस्पिटल र बीएन्डी हस्पिटलमा डा. भोला रिजालसहितका डाक्टरहरूसँग सँगै काम गर्दाका अनुभव रहेकोले ब्युटी क्लवमा जानुहुनेलाई हामी चिकित्सकीय सेवासमेत दिन्छौँ,”उनि बताउँछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + eighteen =