नेपाल टेलिकमका ग्राहकलाई निर्ब्याजी ऋण, ब्यालेन्स सकिए पनि सापटी

काठमाडौं । नेपाल टेलिकमले आज शुक्रबारदेखि प्रिपेड ग्राहक बर्गलाई निर्ब्याजी ऋण उपलब्ध गराउने भएको छ । टेलिकमले शुक्रबार बिशेष कार्यक्रम मार्फत प्रीपेड ग्राहकहरुलाई बिना ब्याज ऋण उपलब्ध गराउन लागेको हो ।

अब टेलिकमको प्रीपेड मोबाइल प्रयोग गर्नेहरुले पैसा सकिए पनि टेलिकमले प्रिपेड ग्राहक बर्गलाई निर्ब्याजी ऋण तुरुन्त उपलब्ध गराउने छ । नेपाल टेलिकमले फोन गर्दा गर्दै काटिएमा ग्राहको खातामा स्वत पैसा राखिदिनेछ । उपभोक्ताले रिचार्ज गरेपछि सो रकम काटिने छ तर अरु कम्पनीले जस्तो टेलिकमले भने सेवा शुल्क असुल्ने छैन ।

तत्कालिन व्यवस्थापिका संसदको विकास समितिले टेलिकमलाई सापटी सेवा सञ्चालन गर्न निर्देशन दिएको थियो । सोही अनुसार टेलिकमले माघ २२ गते नमस्ते क्रेडिट सेवाको सफ्ट लञ्च गरेको थियो ।

सञ्चार तथा सूचना प्रबिधि राज्यमन्त्री गोँकुल बाँस्कोटाले शुक्रबार बिहान नमस्ते क्रेडिट सेवाको आरम्भ गर्ने कार्यक्रम तय भएको टेलिकमका सहायक प्रवक्ता सोभन अधिकारीले जानकारी दिए । यस्तै सेवा बिदेशी साझेदारी कम्पनी Ncell ले सापटी दिएर ग्राहक बर्गलाई सेवा दिईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 7 =