पर्यटन मन्त्रालयले १०० दिनमा सम्पादन गर्ने प्रमुख कामहरु बुदागत रुपमा हेर्नुहोस

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधार

• हालको Air Traffic Congestion को समस्या न्यूनिकरण गर्न आवश्यक व्यवस्था मिलाई विमानस्थललाई कम्तीमादैनिक २१ घण्टा संचालन गर्ने ।
• विमानस्थलको ATC Capacity बढाउन Traffic Flow Management लाई थप प्रभावकारी बनाउने । साथै, Slot व्यवस्थापनलाई वैज्ञानिक बनाउने ।
• यस विमानस्थलबाट आन्तरिक उडानलाई अन्यत्र स्थानान्तरण गर्न सम्भाव्यता अध्ययन भएको काभ्रेपलाञ्चोकको ठूलीचौरका साथै अन्य सम्भाव्य स्थानबाट पनि संचालनका विकल्पहरुको अध्ययन
गर्ने ।
• अन्तर्राष्ट्रिय आगमन तर्फका यात्रुहरुले बढीमा एक घण्टाभित्र Baggage Collect गर्ने व्यवस्था मिलाउने ।
• अन्तर्राष्ट्रिय टर्मिनलमा यात्रु सुविधाका लागि Central AC System संचालनमा ल्याउने र Domestic Terminal मा ACको व्यवस्था गर्ने ।

राष्ट्रिय गौरबका आयोजनाहरुको प्रभावकारी कार्यान्वयन

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल(SIA):
• वातावरणीय प्रभाव मूल्याँकन (EIA) प्रतिवेदन स्वीकृत गराउने ।
• विमानस्थलको लागि विस्तृत सम्भाव्यता अध्ययन (DFS) प्रतिवेदन बुझाएको कोरीयन कम्पनी LMW सँगको दायित्व व्यवस्थापन गर्ने ।
• विमानस्थल निर्माणको मोडालिटि तय गर्ने ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल: धावन मार्ग, टर्मिनल भवन लगायतका सिभिल निर्माण कार्यको भौतिक प्रगति ४०%सम्पन्न गर्ने ।
पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल :Design Review And Supervision Consultant नियुक्त गर्ने।

पशुपति क्षेत्र विकास :
• भगवान पशुपतिनाथको धार्मिक महत्व तथा पाशुपत क्षेत्रको ऐतिहासिकता, पुरातात्विक तथा पौराणिकता झल्किने गरी वृतचित्र तयार गरी प्रचार प्रसार गर्ने ।
• विगत लामो समयदेखि अवरुद्ध रहको धार्मिक तथा सांस्कृतिक महत्वको वागमती जात्रा आगामि अक्षय तृतीयादेखि पुन:संचालनमा ल्याउने।
लुम्विनी क्षेत्र विकास : करिव २५ देशका बौद्ध धर्मसँग सम्बन्धित विद्वतवर्गहरुबाट लुम्बिनी तथा बौद्ध धर्मसँग सम्बन्धित कार्यपत्र प्रस्तुति सहित २५६२ औं बुद्ध जयन्ती एवं लुम्बिनी दिवस तथा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी भव्यरुपमा मनाउने ।

भूकम्पबाट क्षतिग्रस्त प्रमुख सम्पदाहरुको पुनर्निर्माण

• ऐतिहासिक रानीपोखरीको पुनर्निमाणमा देखिएको विवाद समाधान गरी निर्माण कार्य प्रारम्भ गर्ने ।
• ललितपुरको मणीमण्डपर कृष्ण मन्दिर संरक्षण कार्य सम्पन्न गर्ने।
• भुकम्पपछि बन्द रहेको हनुमानढोका दरवार संग्रहालयभित्र अस्थायी संरचना निर्माण गरी सर्वसाधारणको लागि खुला गरिने ।
• हनुमानढोकास्थितगद्दीबैठकको बाहिरी वाल र छाना सहितको मुख्य संरचनाको सबलीकरण कार्य (Retrofitting)सम्पन्न गर्ने साथैलक्ष्मीनारायण मन्दिर, कागेश्वर, सरस्वती र महादेव मन्दिरको पूनःनिर्माण कार्य सम्पन्न गर्ने।
• स्वयंभुस्थित अनन्तपुर र किमडोल गुम्वाको पुनर्निर्माण कार्य सम्पन्न गर्ने तथा आनन्दकुटी विहारको पुनर्निर्माण कार्य ८० प्रतिशत सम्पन्न गर्ने ।
• खोकना मछिन्द्रनाथको पुनर्निर्माणका लागि Stone Carvingको काम सम्पन्न गर्ने ।चाँगुनारायणस्थित बलम्बु पाटी र छिन्नमस्ताको मन्दिर पुनर्निर्माण कार्य सम्पन्न गर्ने ।
• हनुमानढोकास्थित आगंछे र पाटनस्थित देगुतलेजु मन्दिरको पुनर्निर्माण कार्यका लागिArchitectural Structural सहितकोDrawing/Design तयार गर्ने ।
• भक्तपुरको महामञ्जुश्री सत्तल, तलेजु मन्दिर,महालक्ष्मी द्योछें, सुर्यविनायक गणेश ‌आमा मन्दिर, गोपीनाथ मन्दिर, तलेजुस्थित द्धिमाजु चोकको संरक्षण कार्य सम्पन्न गर्ने ।

नीतिगत तथा कानूनी सुधार

• संस्कृति, पर्यटन र हवाई क्षेत्रसँग सम्बद्ध प्रबुद्ध व्यक्तिहरुको निरन्तर सल्लाह, सुझाव तथा पृष्ठपोषणका लागि छुट्टाछुट्टै Think Tank Groups बनाउने ।
• पर्यटन क्षेत्रको लागि गुणस्तरीय जनशक्ति विकास र दीगो आपूर्ति सुनिश्चत गर्न पर्यटन विश्वविद्यालय स्थापनाको दीर्घकालीन सोच सहित कानूनको मस्यौदा तयार गर्न सैद्धान्तिक स्वीकृतिका लागि नेपाल सरकार (मन्त्रिपरिषद्‌) मा पेश गर्ने ।
• नेपालको संविधान र परिवर्तित परिवेश अनुरुप पर्यटन नीति, २०६५परिमार्जन कार्य शुरु गर्ने(Sunset Provision सहित)।
• नेपालको पर्यटन प्रबर्द्धनका लागि सहकार्य गर्न थाईल्याण्ड सरकारसँग समझदारी (MOU) गर्ने ।श्रीलंका सरकारसँगको समझदारी (MOU)लाई अघि बढाउने ।
• नेपालको राष्ट्रिय रणनीतिक पर्यटन योजना (सन् २०१६-२०२५) ले निर्दिष्ट गरे बमोजिम नेपालको पर्यटन प्रर्वर्द्धनलाई प्रभावकारी बनाउन पाँच प्रमुख पर्यटकीय श्रोत मुलुकहरुमा पर्यटन सहचारी खटाउने सम्बन्धी अवधारणा पत्र तयार गर्ने ।
• पर्यटन ऐन, २०३५ लाई समयानुकूल परिमार्जन गर्न संशोधन मस्यौदा तयार गर्ने ।
• क्यासिनो ऐन तर्जुमा गर्न सैद्धान्तिक स्वीकृतिको लागि नेपाल सरकार (मन्त्रिपरिषद्‌) मा पेश गर्ने ।

कार्य पद्धतिमा सुधार

• सेवा प्रवाह गर्ने कार्यमा प्रत्यक्ष संलग्न हुने पर्यटन विभाग, पुरातत्व विभाग, नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल वायुसेवा निगम, नेपाल पर्यटन बोर्डको कार्य संचालन प्रभावकारिताका लागि कार्यसंचालन मापदण्ड (SOP) बनाई लागु गर्ने ।

संस्कृति संरक्षण र प्रवर्द्धन

• नेपालको संविधान तथा परिवर्तित परिवेश अनुरुप राष्ट्रिय संस्कृति नीति, २०६७लाई परिमार्जन गर्ने साथै नयाँ नीतिमा Sunset Provision समेत राख्ने ।
• मकर संक्रान्तिका दिन देवघाट, वराहक्षेत्रमा लाग्ने मेला, नुवाकोटको गोरु जुधाई र शालीनदी(स्वस्थानी पूजा) को डकुमेन्ट्री निर्माण गर्ने।
• ५९ वटा आदिवासी जनजातिहरुको वार्षिक चाडपर्वहरुको क्यालेन्डर तयार गरी प्रकाशन गर्ने ।
• ५ वटा आदिवासी जनजातिहरु र ५ वटा सिमान्तकृत जातिहरुको अमूर्त साँस्कृतिक सम्पदाको विवरण सहितको अध्ययन प्रतिवेदन तयार गर्ने ।
• राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार, पुष्पलाल राष्ट्रिय पुरस्कार, महाकवि देवकोटा पुरस्कार, भगत सर्वजित राष्ट्रिय मानव मर्यादा पुरस्कार वितरण गर्ने।

ऐतिहासिक, पुरात्तात्विकएवंधार्मिक महत्वका सम्पदाहरु संरक्षण
• पाल्पास्थित रानीमहल र भैरवस्थान सत्तल, पचलीस्थित ईन्द्र भक्तेश्वर सत्तल, सुनसरी जिल्लास्थित रामधुनी पोखरी र चतराघाट, झापा जिल्लास्थित किचकबध पुरातात्विक स्थल, ललितपुर खोकनास्थित रुद्रायणी पाटी, जुम्ला जिल्लास्थित कनकासुन्दरी मन्दिर संरक्षण कार्य सम्पन्न गर्ने ।
• सर्लाही मुर्तियास्थित शिव मन्दिर, नवलपरासी सिक्रौलस्थित कैलाश आश्रम, दाङ्ग जिल्लास्थित अम्विकेश्वरी मन्दिर लगायतका १४ वटा आयोजनाहरुकोठेक्का सम्झौता सम्पन्न गर्ने।
• कपिलवस्तु जिल्ला दोहनी पुरातात्विक स्थल र कपिलवस्तु तिलौराकोट दरवारको दक्षिण तर्फको उत्खनन् कार्य सम्पन्न गर्ने।

अभिलेखको डिजिटाइजेसन र सुदृढीकरण

• राष्ट्रिय अभिलेखालयमा संकलित ३१००० विविध विषयका हस्तलिखित ग्रन्थहरु मध्ये ११,५५० हस्तलिखित ग्रन्थको करिव ६,५५,००० ईमेजको क्याटलगिङ्ग, ट्यागीङ्ग गरी सफ्टवेयरमा अपलोडकार्य सम्पन्न गर्ने ।
• अभिलेखालयमा संकलित कुमारीचोकबाट प्राप्त १,००० पोका मध्येको ३५ पोकाको ५,००० पन्ना अभिलेखहरुलाई डिजिटाईजेसन गर्ने र ३,१०० पन्ना अभिलेखीकरण कार्य सम्पन्न गर्ने।
• वि.सं. १९५८ साल देखि १९६८ सम्मको गोरखापत्रहरुको डिजिटाईजेसन गर्ने ।

संग्रहालयको निर्माण तथा व्यवस्थापन

• मोरङ्गस्थित मदन भण्डारी संग्रहालय,स्याङ्गजा रामकोटस्थित गुरुंग संग्रहालय,कास्की लेखनाथस्थित कवि शिरोमणी लेखनाथ संग्रहालय,सुनसरीस्थित माझी संग्रहालयहरुको निर्माण कार्य सम्पन्न गर्ने ।
• ओखलढुंगास्थित सिद्धीचरण संग्रहालयको भवन निर्माण सम्पन्न गर्ने ।
पर्यटन तर्फ:

पर्यटकीय तथ्यांक अद्यावधिक कार्य
• अध्यागमन विभागसँगको सहकार्यमा पर्यटकीय तथ्यांक शेयरिङ संजाल (Data Sharing Network) को विकास गर्ने ।
• स्थलमार्गबाट आउने पर्यटक संख्या एकिन गर्न सर्भे गर्ने।
• पर्यटन क्षेत्रले नेपालको अर्थतन्त्रमापुर्याएको योगदान एकिन गर्न Tourism Satellite Account (TSA) प्रणाली विकास गर्न कार्यटोली गठन गर्ने ।
दिगो पर्यटन व्यवस्थापन
• सडक निर्माणले गर्दा क्षती हुन गएका महत्वपूर्ण पदयात्रा मार्गहरुको बैकल्पिक पद मार्ग निर्माण गर्न निजी क्षेत्र तथा नेपाल पर्यटन बोर्ड समेतको सहकार्यमा अध्ययन गर्ने ।
• पर्यटकीय स्थलको वातावरण स्वच्छ, सफा र प्रदुषणमुक्त राख्नप मापदण्ड तयार गरीसम्बन्धित निकायलाई जिम्मेवार बनाउने ।

पर्यटकीय सेवा सुविधाको गुणस्तरीयता

• होटल, रिसोर्ट, रेष्टुराँ, होमस्टे तथा अन्य आवासीय प्रबन्धहरु (Online Booking System समेत) को विद्यमान अवस्था विश्लेषण सहितपुनरावलोकन गरी नयाँ मापदण्ड तर्जुमा कार्य शुरुवात गर्ने ।

एकीकृत पर्यटन पूर्वाधार विकास

• सातवटै प्रदेशमा एक/एक वटा नमूना पर्यटकीय गन्तव्यस्थलविकासको लागि विस्तृत आयोजना प्रतिवेदन (DPR)तयार गर्ने।(प्रदेश नं. १- ईलाम सन्दकपुर. प्रदेश नं. २- धनुषाधाम, प्रदेश नं.३- ईन्द्रसरोवर मकवानपुर, प्रदेश नं.४- पंचासे, प्रदेश नं.५- देवदह, प्रदेश नं. ६-रारा, प्रदेश नं. ७- कैलाली भादागाउँ)

• प्रसिद्ध धार्मिक पर्यटकीय स्थल मुक्तिनाथ क्षेत्रको गुरुयोजना तयार गर्ने कार्य सम्पन्न गर्ने ।
• महत्वपूर्ण धार्मिकस्थल स्वर्गद्धारीको गुरुयोजना तयारी कार्य अघि बढाउने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − 1 =