प्रदेश नं ३ को नाम “नारायणी, पशुपति, बाग्मती कि नेपालमण्डल” ?

प्रदेशको नाम के राख्ने र प्रादेशिक राजधानीको निधो भने प्रदेश सभा स्वयंले गर्नुपर्ने हुन्छ । मुलुकले प्रदेश तहको निर्वाचन सकेर प्रादेशिक संसद र सरकार पनि स्थापना भइसकेका छन् । यस्तै हिजो मात्र देश ले रास्ट्रपति पाइसकेको अबस्था छ । अब अहिलेसम्म प्रदेश नम्बर ६ ले मात्र यस विषयमा टुंगो लगाएको छ । ६ नम्बर प्रदेशको नाम कर्णाली निर्धारण भइसकेको छ ।

प्रदेश नं ३ को नाम के रहने भन्ने बारेमा छलफल शुरु भएको छ । सम्बन्धित दल र प्रदेश सदस्यबीच यी विषयमा अनौपचारिक रुपमा छलफल शुरु भएको हो । त्यस्तै चोक चोक चिया पसल, सबै तिर यसको बारेमा ठुलै कुरा उठिराखेको अबस्था छ । सबैको आफ्नै आफ्नै तर्क, विचार रहेको छ । त्यस्तै सबैले आफु अनुकुल नाम राख्दा उत्तम हुने विचार सुन्न पनि पाहिन्छ ।

प्रदेशका लागि विभिन्न कोणबाट नामहरु सुझाइएको छ । बाग्मती प्रदेश, नेवा–ताम्सालिङ प्रदेश, काष्ठमण्डप प्रदेश, पशुपति प्रदेश, देवपत्तन प्रदेश, मञ्जुश्रीपत्तन प्रदेश, नारायणी प्रदेशजस्ता नाम चर्चामा आएका छन् । ऐतिहासिकता, भूगोल, जाति, संस्कृति र साझा पहिचानका लागि नेपालमण्डल उपयुक्त एकथरि मत रहेको छ । त्यस्तै एकथरी पबित्र नदि नारायणी को नाम राख्ने पर्ने उचित तर्क एबम ब्याख्या गरेको पनि सुनिएको छ ।

नेपालमण्डल शब्दको ऐतिहासिकता अध्ययन गर्दा इश्वीको करिब तेस्रो शताब्दीदेखि उल्लेख भएको पाइन्छ । इश्वीको तेस्रो शताब्दीतिरको मानिने आर्यमहामञ्जुश्री मूलकल्प भन्ने बौद्धग्रन्थको श्लोक नं ५०२/५०३ मा ‘नेपालमण्डल’ भन्ने शब्द उल्लेख छ ।
काठमाडौँ उपत्यकाम बसोबास गर्ने नेवार समुदाय हरुको, पुराना बासिन्दा हरुको जोड पनि नेपाल मण्डल नै राख्दा उपयुक्त हुन्छ भन्ने रहेको छ ।

देशको नाम र शहरको नाम उस्तै खालको रहेको नेपाल मात्र नभई अन्य मुलुकमा पनि अभ्यासमा देखिन्छ । हालसम्म प्रदेश नं ६ कर्णाली प्रदेशको नामाकरण गरिसकेको छ भने अन्य प्रदेश सरकारले औपचारिक प्रस्ताव प्रदेशसभामा लगेका छैनन् ।

कूल २० हजार ३०० वर्गकिलोमिटर क्षेत्रफल र नेपालको कूल भूभागको १४ प्रतिशत भूभाग ओगटेको यस प्रदेशमा ५५ लाख २९ हजार ४५२ जनसंख्या र ३० लाख ७४ हजार ४१२ मतदाता छन् । यो प्रदेशमा दोलखा, रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, चितवन, मकवानपुर, भक्तपुर, ललितपुर र काठमाडौँ गरी १३ जिल्ला छन् ।

यहाँका बोलिने मुख्य भाषा नेपाली, नेपाल भाषा, तामाङ, मगर, गुरुङ र थारु हो । राष्ट्रिय योजना आयोगको ‘मल्टिडायमेन्सनल पोभर्टी’ इन्डेक्स २०१८ अनुसार यस प्रदेशमा गरिबीदर २० दशमलव ६ प्रतिशत छ ।

अन्य प्रदेशको तुलनामा यो धेरै अत्याशलाग्दो नभए पनि सबैभन्दा कम गरिबी दर प्रदेश नं १ मा १६ दशमलव ७ प्रतिशत र सबैभन्दा बढी प्रदेश नं ७ मा ४५ दशमलव ७ प्रतिशत रहेको तथ्याँक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − six =