प्रभु बैंक को ४० प्रतिशत हकप्रद सेयरको बिक्री बन्द

प्रभु बैंक लिमिटेड (PRVU) ले दश बराबर चार अर्थात ४० प्रतिशत हकप्रद सेयरको बिक्री आज बैंकिंग समय पश्चात बन्द हुने भएको छ । बैंकले प्रतिकित्ता एक सय रुपैयाँ अंकित मुल्यका दरले २ करोड ३५ लाख २५ हजार ६०८ कित्ता हकप्रद शेयर निष्कासन गरेको हो ।

पुस २० गतेसम्म नेप्सेमा कारोबार भई कायम साविक शेयरधनीहरुले यस हकप्रदको लागि फागुन १३ गतेसम्म आवेदन दिन सकिने भए पनि तोकिएको समयमा हकप्रद बिक्री गरेको नभएपछि १० दिन को समय थप गरेको थियो ।

हाल बैंकको चुक्तापूँजी ५ अर्ब ८८ करोड १४ लाख रुपैयाँ छ । हकप्रद निष्कासन तथा बाँडफाँट पश्चात बैंकको चुक्तापूँजी ८ अर्ब २३ करोड ३९ लाख पुग्नेछ ।

प्रभु बैंकलाई नेपाल धितोपत्र बोर्डले पुस ६ गते ४० प्रतिशत हकप्रद निष्कासनको स्वीकृती प्रदान गरेको थियो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा प्रभु बैंकले २५ करोड ७ लाख खुद नाफा कमाएर प्रतिसेयर आम्दानी १७ रुपैयाँ ५ पैसा कायम गरेको छ ।

कहाँबाट आवेदन दिने ?
हकप्रद शेयर खरिदका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड, शेयरधनीहरुले विक्री प्रबन्धकका साथमा प्रभु बैंकका सम्पूर्ण शाखा कार्यालय बाट आवेदन दिन सकिने कम्पनीले जनाएको छ । त्यस्तै घरमै बसीबसी सिआस्बा मार्फत हकप्रद शेयर आबेद दिन सकिने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − six =