फरवार्ड कम्युनिटी माइक्रोफ़ाइनान्सको साधारणसभा, प्रस्ताब के लैजादै छ ?

फरवार्ड कम्युनिटी माइक्रोफ़ाइनान्सले आज चैत्र ४ गते बित्तिय संस्थाको केन्द्रिय कार्यालय, दुहबी सुनसरीमा बिहान ११ बजे पाचौ बार्षिक साधारणसभा बोलाएको छ । माइक्रोफ़ाइनान्सको फाल्गुन ३ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा आह्वान गरेको हो ।

माइक्रोफ़ाइनान्सको उक्त साधारण सभाले बित्तिय संस्था को अधिकृत, जारी तथा चुक्ता पुजी वृद्धि गर्ने भएको छ ।
२०७४ असाढ मसान्तसम्म मा माइक्रोफ़ाइनान्सको चुक्ता पुजी २० करोड रुपैया कायम रहेको छ ।
फरवार्ड कम्युनिटी माइक्रो फ़ाइनान्सको मिति २०७४/०९/२७ गते बसेको संचालक समितिको बैठकले आफ्नो शेयर धनीलाई चुक्ता पूजीको ५० % बोनस शेयर र १५ % का दरले नगद लाभांस दिने प्रस्ताब साधारण सभामा लैजादै छ l उक्त बोनस शेयर नेपाल राष्ट्र बैंक बाट स्वीकृति एबं साधारण सभाको स्वीकृति पश्चात लगानीकर्ताले पाउने छन् ।
शेयर लाखिला खारेज
बार्षिक साधारण सभा प्रयोजनका लागि मिति २०७४/११/१७ गते देखि मिति २०७४/१२/०४ गते सम्म यस बित्तिय संस्थाको शेयर दाखिला खारेज बन्द रहने माइक्रोफ़ाइनान्सले जनाएको छ ।

यो पनि पढ्नुहोस

घरमै बसेर सिआस्बा मार्फत शेयर आवेदन दिने तरिका, mero share खाता चलाउने पुर्ण तरिका (भिडियो सहित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =