महालक्ष्मी विकास बैंकको ९ % लाभांस राष्ट्र बैंकबाट स्वीकृति

महालक्ष्मी विकास बैंक (MLBL) ले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट सेयरधनीलाई ९ % को दरले नगद लाभांस वितरण गर्न नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको छ ।
महालक्ष्मी विकास बैंकको मिति २०७४/०९/२८ गते बसेको संचालक समितिको बैठकले आफ्नो शेयर धनीलाई आर्थिक वर्ष २०७३/०७४ मुनाफाबाट ९ % को दरले नगद लाभांस पारित गरेको थियो । उक्त नगद लाभांस साधारण सभाको स्वीकृति पश्चात लगानीकर्ताले पाउने छन् ।
महालक्ष्मी विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५ करोड ६३ लाख ४३ हजार रुपैयाँ खुद नाफा कमाएको छ भने चुक्ता पुँजी २ अर्ब ६३ करोड ३७ लाख ९७ हजार रुपैयाँ रहेको छ ।
७१ शाखा सञ्जाल तथा ३५ एटिएमबाट ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दे आईरहेको राष्ट्रिय स्तरको विकास बैंक हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 16 =