माननिय मुख्यमन्त्री बाट एभरेष्ट बैंकको बिराटनगर शाखाको नवर्निमित भवनको समुद्घाटन

प्रदेश नं १ का माननिय मुख्यमन्त्री श्री शेरधन राई बाट एभरेष्ट बैंकको बिराटनगर शाखाको नवर्निमित भवनको औपचारिक समुद्घाटन सम्पन्न भएको छ । बिराटनगरमा भएको उक्त समुद्घाटन कार्यक्रममा प्रदेश नं १ का गृह तथा कानुन मन्त्री माननिय श्री हिक्मत कुमार कार्की, अर्थ तथा योजना मन्त्री माननिय श्री इन्द बहादुर आङबो, बैंकका संचालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत श्री सोमेश्वर सेठ, स्थानीय वाणिज्य संघका पदाधिकारीहरु, सुरक्षा निकायका प्रतिनिधिहरु, स्थानीय तथा सामाजिक संघ संस्थाका प्रतिनिधिहरु तथा बैंकका अन्य बरिष्ठ पदाधिकारीहरुको पनि उपस्थिति थियो ।

एभरेष्ट बैंकले हाल आफ्ना ८० वटा शाखाहरु, ७ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ११३ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

यो पनि पढ्नुहोस

देशको कुना–कुनामा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ एभरेष्ट बैंकले विभिन्न स्थानहरुमा आफ्नो शाखा विस्तार गर्दै गएको छ । यसै क्रमलाई निरन्तरता दिदैं बैंकले मोरङ्गको बिराटचोकमा आफ्नोे नँया एक्सटेन्सन काउन्टरको समुद्घाटन गरेको छ ।

एक कार्यक्रम बिच उक्त काउन्टरको समुद्घाटन सुन्दर हरैचा नगरपालिकाका मेयर श्री शिव प्रसाद ढकाल, एभरेष्ट बैकका प्रमुख कार्यकारी अधिकृत श्री सोमेस्वर सेठले संयुक्त रुपमा गर्नु भएको थियो । उक्त कार्यक्रममा सुन्दर हरैचा उद्योग बाणिज्य संघका अध्यक्ष श्री नवराज चापागाइ, बरिष्ठ उद्योगी श्री भोला दुलाल, बैकका नायव महप्रबन्धकहरु लगायत स्थानीय तथा सामाजिक संघ संस्थाका पदाधिकारीहरुको पनि उपस्थिति थियो ।

एभरेष्ट बैंकले हाल आफ्ना ८० वटा शाखाहरु, ७ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ११३ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 13 =