यति एयरलाइन्सको जहाज दुर्घटना

यति एयरलाइन्सको जहाज दुर्घटना भएको छ ।

युएस बंगला एयरलाइन्सको जहाज दुर्घटना भएको के हि दिन नहुदै फेरी भैरहवामा अर्को जहाज दुर्घटना भएको छ । यति एयरलाइन्सको जहाज भैरहवा विमानस्थलमा अवतरण गरे पछि ह्विल लक भएका कारण जहाज दुर्घटना भएको हो ।

यती एयरलाइन्सको जहाज पार्किगंस्थलतर्फ जाने क्रममा दुर्घटनामा परेको हो । धावन मार्गमा ह्विल लक भए पछि अड्किएर विमान दुर्घटनामा परेको हो । यती एयरलाइन्सको नाइन एन ८९३ कलसाइनको जहाज अवतरण पश्चात सामान्य दुर्घटना भएको जानकारी प्राप्त भएको छ । धावन मार्गमा ह्विल लक भए पछि अड्किएर दुर्घटनामा परेको विमानमा सवार चालक सहित २६ यात्रुहरु सकुसल रहेको र कुनै क्षती भने भएको छैन । जहाज दुर्घटना पछि गौतम बुद्ध विमानस्थल भने बन्द गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 17 =