रसुवागढी र सान्जेनको सेयर खरिद गर्न सञ्चय कोषका ३ लाख ६९ हजार ४५९ सञ्चयकर्ताको आवेदन, कति गुणा पर्यो जान्नुहोस..

रसुवागढी र सान्जेनले कर्मचारी संचय कोषका संचयकर्ताबाट १० अर्ब ७९ करोड ६६ लाख रुपैयाँ बराबरको आवेदन परेको छ । दुवै कम्पनीले दुई अर्ब ५१ करोड ६० लाख बराबरको सेयर खरिदका का लागि आवहान गरेको थियो ।

रसुवागढीमा १ लाख ८३ हजार २२४ आवेदन परेको कम्पनीको प्रमुख कार्यकारी अधिकृत माधव कोइरालाले जानकारी दिए । सञ्चयकर्ताबाट परेको आवेदनबाट ६ अर्ब ६२ करोड ४४ लाख रुपैयाँ जम्मा भएको छ । रसुवागढीले सञ्चयकर्ताका लागि १ अर्ब ३३ करोड ४२ लाख रुपैयाँ बराबरको १ करोड ३३ लाख ४२ हजार ९५ कित्ता सेयर निष्कासन गरेको थियो ।

यसैगरी सान्जेन जलविद्युतमा १ लाख ८३ हजार २२४ सञ्चयकर्ताको आवेदन परेको छ । आवेदनबाट ४ अर्ब १७ करोड २२ लाख ५३ हजार रुपैयाँ संकलन भएको प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले जानकारी दिए ।
रसुवागढी र सान्जेनको सेयर खरिद गर्न सञ्चय कोषका ३ लाख ६९ हजार ४५९ सञ्चयकर्ताको आवेदन दिएका छन् ।

यो पनि पढ्नुहोस
रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाको शेयर भर्ने म्याद आज बुधबार (फागुन ३० गते) बैंकिंग समय पश्चात बन्द हुने भएको छ ।
रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाले फागुन ११ गतेदेखि दुई अर्ब ५१ करोड ६० लाख रुपैयाँ बराबरको साधारण शेयर बिक्री खुल्ला गरेका हुन् । रसुवागढी हाइड्रोपावर कम्पनीले एक अर्ब ६४ करोड रुपैयाँ बराबरको साधारण शेयर निष्काशन गरेको हो भने साञ्जेन जलविद्युत् कम्पनीले पनि ८७ करोड ६० लाख रुपैयाँ बराबरको साधारण शेयर निस्कासन गरेको हो । साञ्जेनको बिक्री प्रबन्धकमा नागरिक लगानी कोष रहेको छ । त्यस्तै रसुवागढी हाइड्रोको साधारण शेयर निष्कासनको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल र ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ । सहायक बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड, सिद्धार्थ क्यापिटल लिमिटेड र एनआइबिएल क्यापिटल लिमिटेड रहेका छन् । सञ्चयकर्ताले साञ्जेन जलविद्युत् कम्पनीको बढीमा ३०० कित्ता शेयर आवेदन गर्न सक्नेछन् ।

कम्पनीले कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता, कोषका कर्मचारी र ऋण लगानी गर्ने संस्थाका कर्मचारीलाई एक करोड ६४ लाख २१ हजार कित्ता साधारण शेयर बिक्री खुल्ला गरेका हुन् ।

दुवै कम्पनीले कर्मचारी सञ्चय कोषमा कोषकट्टी गर्दै आएका ६ लाखभन्दा बढी सञ्चयकर्ता, सञ्चयकोषका कर्मचारी तथा रसुवाका साविक गाविसका कर्मचारी र रसुवा जिल्ला समन्वय समितिमा कार्यरत कर्मचारीले शेयरमा आवेदन दिन सकिने ब्यबस्था गरेको छ ।

दुवै आयोजनामा कर्मचारी सञ्चयकोषको लगानी भएकाले कोषमा कार्यरत कर्मचारीले भने अरु सञ्चयकर्ताको तुलनामा बढी शेयर पाउने छन् । रसुवागढीका लागि बढीमा ५०० कित्ता शेयर आवेदन गर्ने व्यवस्था मिलाइएको छ । कोषका कर्मचारीले भने दुई हजार ५०० कित्तासम्म साधारण शेयरमा आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ ।रसुवागढीले दोस्रो चरणमा भने आयोजना प्रभावित रसुवावासीलाई १० प्रतिशत र सर्वसाधारणलाई १५ प्रतिशत गरी एक अर्ब ७५ करोड रुपैयाँ बराबरको साधारण शेयर बिक्री गर्नेछ ।

रसुवागढी हाइड्रोले कूल १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना रसुवामा निर्माण गरिरहेको छ । आयोजनाको काम करिब ६० प्रतिशत सम्पन्न भएको छ । त्यस्तै साञ्जेन जलविद्युत् कम्पनी को रसुवामा नै १४ दशमलव ८ मेगावाट क्षमताको माथिल्लो साञ्जेन र ४२ दशमलव ५ मेगावाट क्षमताको साञ्जेन आयोजना निर्माण गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + sixteen =