राजनैतिक संस्कार र नेपालका राजनैतिक दलहरु

नेपालमा वि.सं २००७ सालको प्रजातन्त्र प्राप्तिपछि भएका विभिन्न निर्वाचनहरु सम्पन्न हुदैं हालका दिन २०७४ सम्म आइपुग्दा ६७ वर्ष परिपक्क निर्वाचन भइसकेको छ । विगतको स्थानीय, संसदीय, संविधान सभा होस् वा २०१७ साल बाट २०४५ सालको राजाबाट सम्पन्न गरिएका दलविहीन पञ्चायती निर्वाचन यी सबै निर्वाचनमा नेपाली जनताको सहभागिता हेर्ने हो भने अत्यन्त उत्साह जनक छ । राजा ज्ञानेन्द्रको स्थानीय निर्वाचनको नाटकको मन्चन बाहेक अन्य सबै निर्वाचनमा हिमाल, पहाड, तराइ, मधेसका जनताको सहभागिता ७०५ भन्दा कहिल्यै कम भएको देखिदैंन । यद्यपी संसारको अत्यन्त विकसित र समबृद मानिएको मुलुक अमेरीका लगायतको देशमा जनताको निर्वाचनमा सहभागिता भनेको औसत ५०५ मात्र रहेको देखिन्छ ।

नेपालमा राजनैतिक संस्कारको सन्दर्भमा चर्चा गर्नुपर्दा नेपालको बहुभाषा, बहुजात र बहुसंकृतिको पनि उल्लेख गर्नुपर्ने हुन्छ । नेपाल परापुर्व काल देखि नै यी तीनवटै क्षेत्रमा सामन्जस्य साथ अगाडी बढेको पाइन्छ कुनै पनि एक जात वा एक संस्कृतिको आधारमा नेपालमा राजनैतिक पार्टिको स्थापित भएको देखिदैंन । त्यस्तो राजनैतिक पार्टि जन्माउने प्रयास भएको भए तापनि त्यसले जनताबाट अनुमोदन वा स्वीकार्य देखिदैंन जसले गर्दा विभिन्न भाषा भाषि र संस्कृतिको सामन्जस्यता रहे अनुसार नेपालमा पनि राजनैतिक पार्टिहरु वीचको राजनैतिक संस्कार अत्यन्त सुमधुर रहेको देखिन्छ । निर्वाचनको बेला निर्वाचन आप्mनो पक्षमा पार्न र मतदाताहरुलाई आर्कषित गर्न आरोप प्रत्यारोप केवल निर्वाचनमा मात्र सिमित रहनु यो अत्यन्त सहनिय काम हो ।

नेपालमा २००७ साल देखि हाल २०७४ साल सम्म भइरहेका निर्वाचन केही ठाउँ परिवेश र भुगोलमा भएको अराजक वा हिंसक गतीविधिलाइ अपवाद मान्नुपर्ने हुन्छ । जव देशमा निर्वाचन अध्यावधिक हुन्छ निर्वाचन प्रति आम जनमानस तथा राजनैतिक पार्टिहरु अभ्यस्त हुन थाल्छन् तव राजनैतिक पार्टि र आमजनमानसमा राजनैतिक संस्कारको विकास हुदैं जान्छ प्रत्येक पटकको नेपालको निर्वाचनलाई अवलोकन गर्ने हो भने राजनैतिक दल तथा आम मतदाता वीच सोहार्द राजनैतिक संस्कारको विकास हुदैं गएको पाइन्छ । लोकतन्त्रमा जनताले जनताको लागि गरिने शासन व्यवस्थामा बहुदलिय शासन उत्कृष्ट शासन व्यवस्था मानिन्छ र उक्त शासन व्यवस्थाको अभिन्न अंग भनेको अध्यावधिक निर्वाचन नै हो ।

नेपालको निर्वाचन प्रणाली प्रक्रियामा राजनैतिक दलहरु विशेष गरी चुनावी प्रसार प्रचार कार्यमा यदाकदा असस्वथ प्रतिस्पर्धामा पुग्छन् र एक आपसमा हिंसात्मक बन्न पुग्छ तर पछिल्लो समयमा यसमा क्रमिक सुधार भएको देखिन्छ २०४६ सालको राजनैतिक परिवर्तनमा पछि भएको सुरुवातको समयको निर्वाचनमा राजनैतिक दलहरु बीच राजनैतिक संस्कार अत्यन्त असहिष्णु एवंम अनमेल भएको एकले अर्काको पोस्टर, पम्ल्पेट, तुल, व्यानर च्यात्ने आदि अवस्था रहेको थियो अझ भनौ पानी बाराबार जस्तो देखिन्थ्यो विशेषगरी गाउँ घरमा राजनैतिक चेतनाको अभावमा एवंम बहुदलिय प्रतिष्पर्धाको अभ्यस्त नहुदा स्थानीय स्तरमा दलिय राजनैतिक संस्कार अत्यन्त कमजोर रहेको देखिन्थ्यो बिशेषगरी स्थानिय निकाएको निर्वाचनमा दलिय संस्कार कमहुंँदा बाटो, धारा खानेपानी कुलो आदिमा समेत राजनैतिक संस्कारको अत्यन्त खराब स्थिति देखिन्थ्यो । एकले अर्काको अन्नवाली खेतिपाती समेत नस्ट गर्न समेत कार्य भएको थियो । यद्यपि केन्द्रिय तहमा त्यस्तो असहिष्णु भएको देखिदैंन निर्वाचन भनेकै बिजय र पराजय प्रक्रिया हो यसमा विजयीले उन्माद र पराजितले कुण्ठा वा प्रतिसोध राख्नु हुदैंन किनभने लोकतन्त्रमा अध्यावधिक निर्वाचन हुने हुदाँ आज पराजित अर्कोपल्ट विजयी हुने र जनताको मन जित्ने समयको रुपमा लिनु पर्ने हुन्छ ।

हालै सम्पन्न भएको स्थानीय तह तथा प्रदेश र प्रतिनिधि सभाको निर्वाचन राजनैतिक दलहरुमा राजनैतिक संस्कारको विकास हुँदंै गएको पाइन्छ । प्रतिस्पर्धा हुन र विजय प्राप्त गर्नु सबै राजनैतिक दल बा उम्मेदवारको चाहना हुनु कुनै नौलो घटना होइन र यस चुनावी प्रचार प्रसारको क्रममा एदा कदा हिंसात्मक घटनाहरु दलहरु वा चुनावी प्रतिष्पर्धी वीच भएपनि समग्र राजनैतिक प्रकिया वा निर्वाचन प्रकियानै प्रभावित भएको पाइदैंन यो लोकतन्त्रको अत्यन्त सुन्दर पक्ष हो र आगामी दिनमा पनि दलहरु बीच राजनैतिक संस्कारको अझ प्रगाढ हुनेछ भन्ने आशा एवंम् विश्वास गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 1 =