ललितपुर को इमाडोलमा ग्यास पड्कियो (भिडियो सहित)

ललितपुर को इमाडोलमा अहिले भर्खरै ग्यास सिलिन्डर पड्किएर आगलागी भएको छ । ग्वार्को देखि करिब आधा कि. मि दुरीमा उक्त घटना भएको हो । करिब १५ मिनेटको अबधिमा ५ वटा भन्दा बढी ग्यास सिलिन्डर पड्किएको छ । स्थानीय बासिन्दा भने त्रसित भएका छन् । ललितपुर, भक्तपुर त्यस्तै काठमाडौँ बाट दमकल आउने क्रम जारि रहेको छ । इमाडोलमा जमिन मुनि ग्यास रहेको भन्ने विभिन्न अनुसन्धान बाट प्राप्त  भए पनि अहिले भने सिलिन्डर पड्किएको हो ।

आगलागी भएको स्थानमा टहरा रहेको थियो र लाखौ धन जन को छ्यति भएको प्रारम्भिक जानकारी प्राप्त भएको  छ ।
घटना स्थलको बिस्तृत जानकारी आउन बाकि रहेको छ ।
स्थानीय बासिन्दाको अनुसार आज शनिबार को दिन घरमा बस्ने परिवार प्रार्थनाको लागि चर्च गएको भन्ने जानकारी प्राप्त भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + one =