विमानस्थलभित्रै भयानक दुर्घटना ४९ जनाको मृत्यु, २२ घाइते (यसरी दुर्घटना भएको थियो)

यूएस बंगला एयरलाइन्सको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना हुँदा २२ नेपालसहित ४९ जनाको मृत्यु भएको छ ।
दिउसो दुई बजेर १८ मिनेटमा त्रिभुबन बिमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको हो ।
बिमान अवतरण गर्ने क्रममा एउटा टायरले धावनमार्ग र अर्को टायरले घासे मैदान टेकेको क्यान को महानिर्देशक ले बताउनु भयो । ७६ सीट क्षमताको दुर्घटनाग्रस्त विमानमा २८ महिला र २ जना बाललालिकासहित ६७ यात्रुहरु बंगलादेशको राजधानी ढाकाबाट काठमाडौं आएको थिए ।
३३ जना भने नेपाली रहेका विमानमा चीनका एक/एकजना, मालदिभ्स र विमानमा सवार थिए त्यस्तै बाँकी बंगलादेशी नागरिक थिए ।

घाइते मध्ये २२ जनामा ११ नेपाली छन् । ९ वंगलादेशी, एक माल्दिभ्सका नागरिक छन् भने एक घाइतेको राष्ट्रियता खुलेको छैन । तर, उनी बंगलादेशी भएको अनुमान छ ।

नेपाली नागरिकमा सञ्जय महर्जन, प्रसन्न पाण्डे, हरिशङ्कर पौडेल, सञ्जय पौडेल, कृष्णकुमार सहनी, आश्ना शाक्य, एञ्जिला श्रेष्ठ, सरुना श्रेष्ठ, डा बालकृष्ण थापा, श्वेता थापा र अवधेशकुमार यादव शिला बजगाईं, प्रवीण चित्रकार, सजना देवकोटा, अल्जिना बराल, चारु बराल, सोबिन्द्रसिंह बोहरा, ज्ञानीकुमारी गुरुङ, श्रेया झा, पूर्णिमा लोहनी, मिली महर्जन, निगा महर्जनको दुर्घटनामा परी निधन भएको छ ।

घाइते नेपालीहरु
हरिप्रसाद सुवेदी, ग्राण्डी अस्पताल

विनोद पौडेल, ग्राण्डी अस्पताल

वसन्त बोहरा, नर्भिक अस्पताल थापाथली

आशिष रञ्जित नर्भिक

सनम शाक्य, नर्भिक

प्रिन्सी धामी, केएमसी

सबिना व्यञ्जनकार, केएमसी
केशव पाण्डे- मेडिसिटी अस्पताल नख्खु

दिनेश हुमागाईँ, न्यूरो अस्पताल बाँसबारी

दयाराम ताम्राकार, ग्राण्डी अस्पताल टोखा

किशोर त्रिपाठी, ग्राण्डी अस्पताल

विमानबाट उद्धार गरिएका मध्ये सिनामंगलस्थित केएमसी मेडिकल कलेजमा उपचार गरिँदैछ ।
केएमसी पुर्‍याइएका मध्ये ४ जनालाई अन्य अस्पतालमा भर्ना गरिएको छ । किशोर त्रिपाठी, हरिप्रसाद सुवेदी र दयाराम ताम्रकारलाई ग्राण्डी अस्पतालमा रिफर गरिएको छ भने केशव पाण्डेलाई मेडीसीटी अस्पतालमा रिफर गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =