”सहकारी प्रभातफेरी कार्यक्रम” यहि चैत्र २० गते

ललितपुर । जिल्ला सहकारी संघ ललितपुर द्वार ”सहकारी प्रभातफेरी कार्यक्रम” यहि चैत्र २० गते आयोजना गर्न लागिएको छ ।
कुल ७ सय सहकारी बाट करिब १२ हजार भन्दा बढी सहकारी कर्मी हरु उपस्थित हुने आयोजक समितिको लक्ष्य रहेको कार्यक्रमका संयोजक श्री जगतलाल महर्जन ले जानकारी दिनु भयो ।
लगनखेल जिल्ला अदालत अगाडी भेला भई पाटन अस्पताल, कुमारीपाटी , जावलाखेल, पुल्चोक गाबहाल हुदै मंगलबजारमा कोण सभा सहित समापन हुने कार्यक्रम रहेको छ ।
सहकारीहरुको बिकास र प्रबर्द्धनको निम्ति, सदस्यहरुमा सहकारीप्रती जनचेतना जगाउन हरेक बर्ष प्रभातफेरी कार्यक्रम गर्दै आइरहेको महर्जन ले थप
प्रष्ट पार्नु भयो ।
हरेक बर्ष जिल्ला सहकारी मुल समारोहमा विभिन्न कार्यक्रमहरुको संयोजक को भुमिका निर्बाह गर्दै आइरहनु भएका महर्जन स्वागतम बचत तथा ऋण सहकारीको अध्यक्ष हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − eight =