साझा यातायात र आइ.एम.इ बिच सम्झौता

आइ.एम.इ ग्रुप अन्र्तगतको आइ एम इ मोटर्स प्रा लि ले नेपाली बजारमा बिक्री वितरण गर्दै आइरहेको लोकप्रिय अशोक लेलैण्ड का थप २० थानसिटी बस खरिद सम्बन्धमा साझा यातायातसंग चैत ०१, २०७४ का दिन सम्झौता भएको छ ।

भारतको चेन्नई स्थित अशोक लेलैण्डले साझायातायातले खोलेको टेन्डर प्राप्त गरी नेपालमा सिटी बस सप्लाइ गर्ने भएको छ । अशोक लेलैण्ड भारतको नं. १ बस बनाउने कम्पनीमध्ये एक हो । भारतका साथ साथै अशोक लेलैण्डको बाहुल्यता श्रीलंका र बंगलादेशमा पनि राम्रो उपस्थितिका साथ रहेको छ । अशोक लेलैण्डका बसहरु बातावरण मैत्री तथा अपाङ्ग मैत्री रहनेछन् ।

आजको यस सम्झौताको घडीमा साझा यातायातका तर्फबाट निमित्त कार्यकारी प्रमुख श्री महेन्द्र राज पाण्डेज्यु र आइ एम इ मोटर्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री कपिल शिवाकोटी ज्युका बीच सम्झौता पत्र आदान–प्रदान भयो । सो अवसरमा अशोक लेलैण्ड, इन्डियाका प्रतिनिधि कन्ट्री मेनेजर श्री टोनीगुइन ज्यु पनि उपस्थित हुनुभएको थियो ।

यो अवसरमा आइ एम इ मोटर्स का प्रमुख कार्यकारी अधिकृत श्री कपिल शिवाकोटीज्यु भन्नु हुन्छ “अशोक लेलैण्डका सिटी बसहरु नेपाली बाटोमा ग्चदबल त्चबलकउयचतको कोशेढुङ्गा साबित हुनेछन् । साझा यातायात द्वारा आयात गरिने बसहरु काठमाडौँ महानगरपालिका भित्र सञ्चालन गरिनेछन् जसका कारण निजि सवारी साधनप्रयोग घट्ने र ट्राफिक समस्या जनमानसले कम मात्र भोग्नुपर्ने कुरा बताउनुभयो” । उहाँले थपजानकारी गराउँदै भन्नुभयो “सय जना भन्दा बढी मान्छे बोकेर हिडने साझा यातायात अन्र्तगतको अशोक लेलैण्डका सिटी बसहरु काठमाण्डौँ भित्रिएपश्चात् अफिस टाइममा हुने जामको समस्या पनि कमहुनेछ र सिट नपाएर दुःख भोग्दै, उभिएर अफिस जानुपर्ने बाध्यता रहने छैन” ।

अशोक लेलैण्डको नेपालका लागि अधिकारिक बिके्रता आइ एम इ मोटर्सले उक्त गाडीहरुका लागि चाहिने सर्भिस र स्पेयर पार्टस् सप्लाइ पनि पर्याप्त मात्रामा गर्ने प्रतिबद्वता जनाएको छ । यस प्रकारको सुविधा सम्पन्न र अपाङ्ग मैत्रीका साथ साथै वातावरण मैत्री बस काठमाडौँ महानगरपालिकाको सहयोगमा साझा यातायातले भित्र¥याउने भएको सुखद अवसरमा अशोक लेलैण्ड र आइ.एम.ई ग्रुपका तर्फबाट श्री कपिल शिवाकोटीज्युले आफ्नो खुशी र प्रतिवद्वता व्यक्तगर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − fifteen =